रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ

2304 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, ३० साउन  । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ । लामिछानेलाई आज साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।

पत्रकार पुडासैनीको आत्महत्याअघि खिचिएको भिडियोमा उनले लामिछाने, अस्मिता कार्की र युवराज कँडेलको नाम लिएका थिए । मृतक पुडासैनीले आफूलाई लामिछाने र कँडेलल गायतले मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको रेकर्डेट भिडियो सार्वजनिक भएको थियो । उनीहरु तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ। त्यसअघि प्रहरीले कार्कीलाई पक्राउ गरेको थियो । जनतासँग सिधा कुरामा आज सोही विषयमा प्रशारण गर्ने तयारी भईरहेका बेला प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । उनिहरुले आजको कार्यक्रमबाट आफुहरुमाथि लागेको आरोपको खण्डन गर्ने तयारी गरिरहेका थिए ।

काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले न्युज २४ को कार्यालयबाट दुवैलाई पक्राउ गरेको जानकारी दिनुभयो । दुवै जनालाई चितवन लैजाने तयारी गरिरहेको छ । उनलाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।

यसअघि आज विहान रबिले पनि सामाजिक सञ्जालमार्फत प्रहरीलाई घटनाका विषयमा जस्तोसुकै सहयोग गर्न आफुहरु तयार रहेको बताएका थिए ।

  • जनता टाइम्सबाट साभार