धादिङमा मनाईयो १८० औं विश्व फोटोग्राफी दिवस

1428 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ २ भदौ । अन्तराष्ट्रिय फोटोग्राफी दिवस विभिन्न कार्यक्रमका साथ धादिङबेसीमा सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समुह,एनएफपीजे नेपाल र नेपाल फोटो पत्रकार संघ धादिङको संयुक्त आयोजनामा १८० औं विश्व फोटोग्राफी दिवस धादिङबेसीमा मनाईएको हो ।


नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता शाखाका अध्यक्ष नारयण सिलवालले गर्नु भएको थियो । कार्यक्रमलाई नेकपा ३ नम्बर प्रदेश कमिटि सदस्य रामबहादुर भण्डारी, राष्ट्रिय फोटो पत्रकार समुह नेपालका केन्द्रीय अध्यक्षराजेन्द्र चित्रकार, धादिङका प्रमुख जिल्ला अधिकारी, भागिरथ पाण्डे,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिहरसिंह राठौर, ३ नम्बर प्रदेश कमिटी कोषाध्यक्ष सिताराम अधिकारी, जिल्ला शाखा अध्यक्ष नवराज छत्कुली लगायतको आतिथ्य रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुङ्गानाले पानस बालेर र सहभागीहरुको फोटो खिचेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । यस अघि काठमाण्डौंबाट आएका राष्ट्रिय फोटो पत्रकारहरु मकवानपुर, नुवाकोट धादिङका स्थानीय फोटो पत्रकारहरु, विभिन्न संचारमाध्यमका पत्रकारहरुका साथै विद्यार्थीहरुको उपस्थितिमा धादिङबेसी पुछारवजार पुल्चोकबाट बीचबजार स्थित आरके। व्यान्क्वीट सम्म प्रभातफेरी गरिएको थियो ।


अन्तराष्ट्रिय फोटोग्राफी दिवस विशेष कार्यक्रममा प्रमुख अतिथि ढुङ्गानाले फोटो पत्रकारहरु निकै जोखिम मोलेर समाजका परिवर्तनमा समर्पित रहेको भन्दै पेशागत सुरक्षा र उचित पारिश्रमिकको व्यवस्थाका लागि सम्वन्धित निकायले पहल गर्नुपर्ने बताउनु भएको थियो । यस्तै नेकपा नेता रामबहादुर भण्डारीले फोटो पत्रकारहरुले अझै ढुक्क सँग फोटो खिच्ने वातावरण नभएको दावी गरेका थिए । हरेक घटना र अनियमिताको सबुद प्रमाण खिच्ने फोटो पत्रकारहरुले सहज ढंगले फोटो खिच्न पाउनु पर्नेमा समेत जोड दिएका थिए । त्यसैगरी राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारले फोटो पत्रकारिता गर्न सहज र सजिलो नभएको तर पछिल्लो समय बढेर गएको फोटो पत्रकारिताको आकर्षण प्रति प्रशंसा गर्दै अन्तराष्ट्रिय फोटोग्राफी दिवसको शुभकामना दिएका थिए ।


कार्यक्रमलाई राष्ट्रिय फोटो पत्रकार समुहका महासचिव प्रदिपराज वन्त, प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेय, पत्रकार महासंघ ३ नम्बर प्रदेशका सल्लाहकार गिरिजा अधिकारी, पत्रकार महासंघ धादिङ केन्द्रिय सदस्य हरिहर सिंह राठौंर, पत्रकार महासंघ धादिङ अध्यक्ष नवराज छत्कुली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम स्थलमा धादिङ जिल्लाका पहिचान दिने ३०० भन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिएको थियो ।