देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

1303 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो।

संघीय मामिला तथा सामाय प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४६, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५ हजार ४ सय ५१ दरबन्दी खाली छ। ४ देखि १० तहसम्मका कर्मचारी रिक्त रहेको मन्त्रायले जनाएको छ। त्यसमध्ये ९ हजार १ सय ६१ कर्मचारी भर्न प्रक्रियामै छन्।

गत चैतमै सरकारले संघमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार ८ सय २१ र स्थानीय तहमा ५१ हजार ४ सय ५७ कर्मचारी समायोजन गरेको थियो।

मन्त्रालयका अनुसार तीनै तहमा रिक्त कर्मचारीको संख्या कुल दरबन्दीको करिब १७ प्रतिशत हो। यो खबर आजको कान्तिपुरमा छ।