मुक्तिनाथ विकास बैंकको  हकप्रद सेयर बिक्री खुला

1441 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर भदौ १२ गते विहिबार बाट बिक्री खुला भएको छ ।

गत असार ३० गते नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०५ अर्थात १० : २ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । जसअनुसार विद्यमान १० कित्ता साधारण सेयरबराबर थप नयाँ २ कित्ता साधारण सेयर सेयरधनीहरुका लागि निष्कासन गरेको हो ।

धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिन्छ। हकप्रद शेयर निष्काशनको प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ। इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ’ग्रेड ३’ रेटिङ दिएको छ।

गत आर्थिक वर्षमा विकास बैंकहरुमा प्रथम र केही वाणिज्य बैंकभन्दा धेरै खुद मुनाफा आर्जन गरेको यस विकास बैंकले व्यवसायलाई तीब्रता दिँदै बलियो विकास बैंकको रुपमा स्थापित हुन हकप्रद जारी गरिएको जनाएको छ।

हाल ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात विकास बैंकहरुमा सबैभन्दा धेरै ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ।

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षमा ३६।९८ प्रतिशतले वृद्धि गर्दै ८५ करोड ३२ लाख १ हजार खुद नाफा आर्जन गरेको छ । मुक्तिनाथको वितरण योग्य नाफा ५८ करोड ६९ लाख ९२ हजार रुपैयाँ छ । १४६ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको मुक्तिनाथको प्रति शेयर आम्दानी २७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३ गुणा छ ।

गत मंसिर २९ गते पोखरामा सम्पन्न बाह्रौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो। सो हकप्रद २०७६ असार ३० गते धितोपत्र बोर्डबाट स्वीकृत भएको थियो। दोस्रो बजारमा बैंकको शेयरमूल्य प्रतिकित्ता ३२६ रुपैयाँ रहेको छ

बोर्डको अनुमतिपछि मुक्तिनाथ विकास बैंकले रु. १०० अंकित दरका ६१ लाख २९ हजार ५२०।२५ कित्ता सेयर निष्कासन गरेको हो ।

बैंकले हकप्रद सेयर निष्कास बन्द हुने मिति छिटोमा असोज १५ गते तोकेको छ । जसअनुसार सेयरधनीहरुले असोज १५ गते कार्यालय समयभित्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ रहेको छ । २०५ हकप्रद जारी गरेपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।