सन्तोष पक्राउ परेको समाचारले धेरैलाई आश्चर्यचकित बनायो

1449 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– सन्तोष कँडेल पक्राउ परेको समाचार आएपछि उनलाइ चिन्ने सबै जना आश्चर्यचकित भएका छन । सन्तोषबाट यस्तो अपराध किन भयो ? किन उन्ले आफन्तलाईनै ज्यान मार्ने धम्की दिए । धादिङ न्यूज डट कमले मंगलबार उनि पक्राउ परेको समाचार छापिएपछि धेरैले त्यो समाचारमा भनेको कुरा साच्चै हो थ भनेर सोधिखोजी शुरु गरेका छन । धम्की दिएर एकल महिलासँग २० लाख रुपैयाँ असुली गर्न खोजेको आरोपमा धादिङको वेनिघाटरोराङ -५ का सन्तोष कँडेल पक्राउ परेका छन् ।

धादिङको वेनिघाट रोराङ ५ घर भई काठमाण्डौ नयाँबजार बस्ने २७ वर्षका कँडेललाई काठमाण्डौ बालालुबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो । कँडेललाई स्युचाटारकी एकल महिला रन्जु त्रिपाठी  संग २० लाख रुपैयाँ नदिए छोरीलाई मार्ने र घरमा बम पड्काउने धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीका अनुसार कँडेलले भदौ १३ गते एकल महिला रन्जु त्रिपाठीलाई चिठ्ठी पठाएर रु २० लाख माग गरेको र मागे अनुसार पैसा नदिए छोरीलाई हत्या गर्ने र घरमा समेत बम पड्काउने धम्की दिएका थिए ।

भदौ १७ को मिति दिँदै बालाजुको पुल नजीक आएर पैसा दिन चिट्ठीमा भनिएको थियो । सोही सूचनाका आधारमा नक्कली पैसा लिएर गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । कालिमाटीका प्रहरी प्रमुख डीएसपी रुँगम कुँवरका अनुसार पक्राउ परेका कँडेलविरुद्ध फिरौती असूलीको कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ । उनले नेत्रविक्रम चन्दको नाम लिएर धेरै जनालाई धम्क्याउँदै आएको आरोप लागेको महानगरीय प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार पक्राउ परेका कँडेलले केही बर्ष अघि त्रिपाठीको हातबाट भाइटीका समेत लगाएका थिए । त्रिपाठीको  श्रीमानको  ५ वर्षअघि  मृत्यु भएको थाहा पाएका कँडेललाई उनको ३ छोरीको अवस्थाबारे पनि जानकारी भएको प्रहरीले बताएको छ ।

भदौ १३ गते त्रिपाठीको घर छेऊमा पुगेर एक बालकलाई चिठ्ठी दिएर फर्कदाँ जुन हुलियामा सीसी टीभी क्यामरामा देखिएका थिए मंगलबार पक्राउ पर्दा  पनि उही टोपी, टिसर्ट र जुत्तामा भेटिएको प्रहरीको दावी छ ।