नौविसे-नागढुङ्गा सडकको सूचना सारथी प्रहरीको फेसबुक

1275 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १३ असोज – दशैंका लागि घर जाँदै हुनुहुन्छ र तपाईले नौविसे नागढुङ्गा सडक खण्डमा यात्रु गर्नु पर्ने छ भने त्यहाँको सडकको पछिल्लो अबस्था के होला भनेर जान्नका लागि अब प्रहरी तपाईको साथमा रहने भएको छ । त्यस्का लागि तपाईले  जिल्ला प्रहरी कार्यालय धादिङको फेसबुक पेज हेरेर त्यहाँको पछिल्लो अवस्था थाहा पाउन सक्नु हुनेछ । फेसबुक पेजमा विहान ६ बजे देखि सांझ ६ वजे सम्म हरेक २ /२ घण्टामा राजमार्ग अवस्थाको अपडेट गर्न थालिएको छ ।

नागढुंगा नौविसे सडक खण्डमा बढ्दै गएको सवारी जाम नियन्त्रण गरी सुरक्षित यात्रा बनाउन धादिङ प्रहरीले राजमार्ग अप्रेशन टोली तयार पार्नुका साथै कार्यालयको अफिसियल फेसबुक पेज ‘जिल्ला प्रहरी कार्यालय धादिङ’ मा प्रत्येक दुई दुई घण्टामा राजमार्गको अवस्था अपडेट गर्न शुरु गरेको हो ।

प्रहरीले फेसबुक पेज मार्फत सडकको पछिल्लो अबस्था, मौसम, सवारी चापको स्थितीका वारेमा जानकारी दिन शुरु गरेको छ । उक्त पेज मार्फत नौविसे–नागढुङ्गा सडक खण्डमा सवारी जाम भए नभएको बारेमा प्रत्येक दुई घण्टामा पछिल्लो अबस्थाको जानकारी लिन सकिने धादिङका प्रहरी उपरिक्षक राजकुमार बैदवारले वताउनु भयो ।

यसै गरी यात्रुहरुलाई यात्राको क्रममा कुनै किसिमको समस्या र गुनासो भएमा राजमार्गमा यात्रु सहायता कक्ष र जिल्ला राजमार्ग अप्रेशन टोलीमा कुनै पनि बेला सिधै सम्पर्क गर्न सकिने व्यवस्था पनि मिलाईएको पनि बैदवारले जानकारी दिनु भयो ।

प्रहरी उपरीक्षक बैदवारका अनुसार राजमार्ग अप्रेशन टोलीमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय धादिङको कन्ट्रोल १००‚ ०१०–५२०१९९‚ ९८५१२८३४८० मा फोन गर्न सकिनेछ । अप्रेशन टोलीमा प्रहरी उपरिक्षक बैदवारका साथै प्रहरी नायव उपरिक्षक एवम प्रवक्ता रुपक खड्का(९८५१२२९८६०),ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्का ( ९८५१२९८३००) जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवम अप्रेशन कमाण्डर भोलामान सिंह अधिकारी ( ९८५१२४५५५५),जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख नेत्र प्रसाद भट्ट ( ९८५१०१९०३०)ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरिक्षक रुक बहादुर खड्का ( ९८५१२८५९११) मा संग सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाईएको अप्रेशन कमाण्डर भोलामान सिंह अधिकारीले वताउनुभयो ।

यसै गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी ( ०१०–४०२१९६, ९८५१२८२६६४ ) ईलाका प्रहरी कार्यालय खानीखोला‚ संचार शाखा ( ९८५१२८२९११ ) ईलाका प्रहरी कार्यालय गजुरी‚ संचार शाखा ०१०–४०२०९९, ९८५१२८६१०० ईलाका प्रहरी कार्यालय बेनिघाट ०१०–४१६०३३‚ ९८४६८४५०९९, प्रहरी चौकी महादेववेशी ९८४९०८५५६९, अस्थायी प्रहरी पोष्ट सिम्ले ( ९८४५३३१९९३,प्रहरी चौकी गल्छी ९८४०८०७१५४,प्रहरी चौकी बैरेनी ९८५५०९०३०९,प्रहरी चौकी जोगिमारामा ०१०–६९०२८७‚ ९८५५०९०३०२ मा फोन गरेर जानकारी लिन दिन सकिने अप्रेशन कमाण्डर प्रहरी निरिक्षक अधिकारी बताउनुहुन्छ ।

यात्रु जुन प्रहरी कार्यालयको नजिक रहेका छन त्यहि सम्पर्क गर्दा धेरै छिटो सूचना पाउन सकून भनेर अप्रेशन टिमको तयार पारिएको पनि प्रहरीले जानकारी दिएको छ । दुई दिन यता नागढुंगा नौविसे सडकमा सवारी चाप बढ्दै गएपनि जाम भने हुन छाडेको छ । ठूला मालवाहक ट्रकलाई रातीको समयमा मात्रै गुड्न दिन थालिएको छ भने नागढुंगा नौविसे सडक खण्डको घुम्तिहरुमा नो ओभरटेक जोन कार्यान्वयनमा ल्याईएको छ