जानी राखौं ग्रिन टि पिउँदाका फाईदा र वेफाईदा

1280 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौं । ग्रिन टी एक महत्वपुर्ण र स्वस्थ वर्धक पेयपदार्थ हो । जसले हाम्रो सरिरलाई अनेकौं किसिमले फाईदा पुर्याईरहेको हुन्छ । हामी एक चुस्की ताजा चियाले भन्दा अरु के कुराले धेरै रिफ्रेस भएको महशुस गर्न सक्छौं ? तर ग्रिन टी र हर्वल टीले त्यसभन्दा पनि बढि रिफ्रेस महशुस गराउने बैज्ञानिकहरुले पत्ता लगाएका छन ।

पानी पछिको सबैभन्दा धेरै खपत हुने पेय पदार्थ नै ग्रिन टी हो । तर यसलाई कहिले र कतिखेर लिने भन्ने चर्चा चुलिँदो छ । केही मानिसहरु भने खाना खाएपछि ग्रिन टी लिनु फाईदाजनक हुन्छ भन्छन । तर केही भने यसलाई प्रतिकुल असर पर्ने मान्छन । तर यसलाई खाना पछि लिएपछि कसरी हाम्रो स्वास्थ्यमा असर पर्दछ भनी जान्न जरुरी छ । यदि खाना भन्दा ठिक पछि ग्रिन टी लिनाले शरिरमा आईरनको कमी हुने देखिन्छ ।

खाना खाने वित्तिकै ग्रिन टी खाँदा ग्रिन टी मा भएको क्याफिन र टेनिन भन्ने तत्वले हाम्रो खानामा भएको आईरनमा ह्रास ल्याउने खतरा हुनाले हामीलाई कालान्तरमा आईरनको कमी हुने देखिन्छ । यस्तै खाना खाने वित्तिकै ग्रिन टी खादा ग्यास्ट्रीकको पनि समस्या हुन्छ । यसले हाम्रो पेटमा भएको ग्यास्ट्रीक जुसलाई अझ पातलो बनाउने काम गर्छ जसको कारण हाम्रो पाचनप्रक्रिया नै विग्रिन जान्छ ।

विज्ञहरुले खाना र ग्रिन टी लिने अन्तर कम्तिमा ४५ मिनेटदेखि १ घण्टाको हुनुपर्ने बताएका छन । यसरी ग्रिन टी लिँदा शरिरलाई फाईदा पुग्नुका साथै शारिरिक सुगठनका लागि पनि फाईदाजनक हुन्छ । यस्तै खाली पेटमा पनि ग्रिन टी खानु वेफाईदाजनक हुने विज्ञहरुको भनाई छ ।

  • विजखबरबाट