नेशनल माइक्रोफाइनान्सले ८० प्रतिशत बोनस लाभांश दिने

863 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा केन्द्रिय कार्यालय रहेको नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको मंसिर ६ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते धादिङबेसीको क्रिक रिर्सोटमा साधारण सभा गर्ने निर्णय गरेको छ। साधारणसभाले नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन गरी नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभामा बम्पर लाभांश पारित गर्ने मुख्य अजेन्डासहित गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको ८० प्रतिशत बम्पर लाभांश समेत पारित हुनेछ । जसमा चुक्तापुँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँको ७५ प्रतिशतले हुन आउने ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँबराबरको बोनस सेयर ९१०ः७।५ को अनुपातमा० र ५ प्रतिशतले हुन आउने ७५ लाख ४४ हजार १५० रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

बोनस सेयर वितरणपछि पुग्ने संस्थाको चुक्तापुँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँको ५० प्रतिशतले अर्थात २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।साधारणसभा प्रयोजनार्थ संस्थाले मंसिर १६ गतेदेखि मंसिर २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर १५ गतेभित्र कायम सेयरधनीहरुले मात्र संस्थाको बम्पर लाभांशको हकदार बन्न र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।

साधारण सभामा अन्य कुनै ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी सम्पूर्ण कार्य अगाढि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने पारित हुनेछ ।