धादिङमा आज बाट कृषि पर्यटन मेला

1423 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

शुक्रवार देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा धादिङ कृषि पर्यटन तथा व्यापार मेला शुरु हुंदैछ ।

शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्थाको धादिङबेसी रायटारमा मेला प्रारम्भ भएको हो । मेला मंसिर २३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

यो मेला १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र त्यसबाट १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने मेला आयोजक समितिले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय धरोहर प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक बढाउन मेलामा विशेष जोड दिइने आयोजकले जनाएको छ ।

दस दिनसम्म सञ्चालन हुने उक्त मेलामा तयारी पोशाक तथा हस्तकला, छाला जुत्ता तथा छालाजन्य वस्तु, घरेलु तथा लघु उद्यमीद्वारा उत्पादित वस्तु, आधुनिक कृषि उत्पादन र उपकरण, ऊर्जा तथा आधुनिक प्रविधि, सूचना तथा सञ्चारका उपकरण, पर्यटन सूचना केन्द्र लगायत १८० स्टल  राखिनेछ ।

“मेलामा किसान, उद्योगी र व्यवसायीबीच उनीहरूका अवसर, समस्या र चुनौतीबारे अन्तक्र्रिया गरिनाका साथै जिल्लामा सञ्चालित उद्योगका उत्पादन निर्यात र प्रवद्र्धनका लागि जोड दिइनेछ, ख्यातिप्राप्त कलाकार तथा स्थानीय समुदायका परम्परागत वेषभूषा र लोक संस्कृतिलाई समेत महत्व दिइएको मेला आयोजक शिखरणी कृषि तथा पर्यटन सहकारी संस्थाका अध्यक्ष कल्पना अधिकारीले बताउनुभयो ।

मेलामा  स्थानीय स्तरमा पाइने कृषिजन्य उत्पादन र घरेलु हस्तकलाका सामग्री बिक्री तथा प्रदर्शनलाई जोड दिइएको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, विभिन्न परिकारहरु मुख्य आकर्षण बन्ने आयोजकले जनाएको छ ।