धादिङमा शुक्रवार देखि कृषि पर्यटन व्यापार मेला शुरु

1260 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- शुक्रवार देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको रायटारमा धादिङ कृषि पर्यटन व्यापार मेला शुरु भएको छ ।

शिखरिणी कृषि तथा पर्यटन सहकारी सस्थाको आयोजनामा भएको महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ । महोत्सवमा घरेलु हस्तकला, कृषिजन्य प्रदर्शनी ब्यापार मेला तथा खानाका स्टलहरु रहेका छन । मेला दुई लाख दर्शकले अवलोकन गर्ने र १७ करोड बराबरको कारोवार हुने अनुमान गरिएको सहकारी संस्थाका अध्यक्ष कल्पना अधिकारीले वताईन ।
पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले शुक्रवार एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरेका थिए । कल्पना अधिकारीको अध्यक्षतामा सम्पन्न मेला उद्घाटन कार्यक्रमलाई पूर्ब राज्यमन्त्री परशुराम तामाङ, पूर्ब सांसद् रामनाथ अधिकारी , कांग्रेस सभापति रमेश धमाला राप्रपा केन्दीय सदस्य फिलिप तामाङ,ज्वालामुखी गाउँपालिका अध्यक्ष बिनोद तिमिल्सिना, धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रभातकिरण सुवेदी र समाजबादी पार्टीका प्रतिनिधि नन्द प्रसाद काप्री लगायतले सम्वोधन गरेका थिए ।