युवतीलाई बली दिन खोजेको आरोपमा धादिङ झार्लाङका प्रेम सहित ७ जना पक्राउ

746 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मोरङ -मोडलिङमा लगाइदिने भन्दै युवती बेच्न खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतमा लगेर युवती बेच्ने योजना बनाउँदै गरेको अवस्थामा उनीहरूलाई मोरङको बुढीगंगा गाउँपालिका १ बाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले धादिङ झार्लाङका २३ वर्षीय प्रेम तामाङ, कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराजका ४० वर्षीय उमेश शाह, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी,  र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी पक्राउ गरि विहीवार सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरूबाट प्रहरीले नगद १ लाख ९ हजार ५ सय रूपैयाँ समेत बरामद गरेको जनाएको छ । यसका साथै सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार रुपैयाँको चेक चाँदीको जन्तर २ थान समेत बरामद भएको छ ।

पक्राउ परेका ७ जनालाई जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।