किराञ्चोकलाई तरकारी पकेट क्षेत्र बनाईने

2001 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, पुष २२-  किराञ्चोकको उर्भर भुमिलाई तरकारी पकेट क्षेत्र बनाउने र उत्पादित तरकारी सहकारी मार्फत बजारीकरण आधार बनिसकेको गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताउनुभयो ।

किराञ्चोक प्राकृतिक रुपमै सिंचाईमा सम्पन्न छ । सिंचाई व्यवस्थापन कुनै कठिनाई छैन । बाह्र महिना पानी कुलोमा हुन्छ । त्यस कारण किराञ्चोकलाई तरकारी पकेट क्षेत्र बनाउनु पर्छ । किसानका उत्पादन सहकारी मार्फत बजारिकरण गर्न किराञ्चोक कृषि सहकारी संस्थाको भौतिक पूर्वाधार निमार्णमा गजुरी गाँउपालिका र पालिका मार्फत साझेदारी संघसंस्थासंग समन्वय गरेर भवन निमार्ण र तरकारी संकलन केन्द्र निमार्ण गरिरहेको सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष बस्नेतले शेयरधनीहरुलाई व्यवसायिक तरकारी उत्पादनमा लाग्न आग्रह गर्नुभयो । तरकारी संकलन केन्द्र निमार्ण भइसकेको छ । सहकारी संस्थाको १० कोठे भवनको बाँकी काम गाँउपालिकाले सम्पन्न गर्छ । सहकारीले तरकारी बजारिकरणमा काम गर्ने र शेयरधनी किसानले उत्पादनमा बृद्धि गर्नु पर्ने बताउदै किराञ्चोकका कृषि सहकारीहरु आपसमा एकिकरण हुने कुरा छिटो टुंगो लगाउनु होस गाँउपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।


सहकारी संस्था भौतिक रुपमा सम्पन्न हुदैं गएको छ । सहकारी संस्थामा शेयरधनीहरुले आर्थिक कारोवार गरेर संस्थालाई आर्थिकरुपमा पनि दरिलो बनाउन सके शेयरधनीहरुको आर्थिक समस्या आन्तरिकरुपमै समाधान हुन्छ । सहकारी संस्थाले महिला दिदीवहिनीहरुको पनि आर्थिक पहँच बृद्धि गर्नु पर्छ । तरकारी संकलन केन्द्रको उद्घाटन गर्दै गजुरी गाँउपालिका उपाध्यक्ष सीता दुंगानाले प्राकृतिक श्रोत जल, जंगल र जमिनको अधिकतम उपयोग गरेर नै आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो । तरकारी संकलन केन्द्र भवनमा मात्र सिमित नहोस र तरकारी उत्पादनमा प्राविधिक सहयोग गाँउपालिकाले गर्ने बताईन । वडा अध्यक्ष केशव अधिकारीले भवन र तरकारी संकलन केन्द्र निमार्ण गर्नु आफैमा राम्रो काम हो तर उत्पादनसंग जोड्न सके शेयरधनीहरुलाई आर्थिक लाभ पुग्ने कुरामा जोड दिनु भयो । अन्य सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिले सहकारी एकिकरण विषयमा छलफल जारी रहेको र एकिकरण गर्न सवै संस्था सकारात्मक रहेको बताए । सल्लाहकारद्वय योवराज वराल र प्रमोदराज अधिकारीले शेयरधनीहरुले बचत तथा ऋणको कारोवार सहकारी मार्फत गरे सहकारी र शेयरधनी दुवैलाई फाइदा हुनेमा जोड दिएका थिए ।

सहकारी संस्थाका अध्यक्ष राजेन्द्रकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता विन्दा अधिकारी, रामबहादुर अधिकारी, अर्जुन कुमार अधिकारीलाई सम्मान गरिएको थियो । सहकारी संस्थाको भवन निमार्ण समिति, अनुगमन समिति र खरिद समितिका पदाधिकारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । छ आना क्षेत्रफलमा निमार्णधिन भवन तथा तरकारी संकलन केन्द्र निमार्ण गर्न गजुरी गाँउपालिकाले आव २०७४।०७५ मा चार लाख टड हजार पाँच सय घ९ रुपयाँ, शान्ति नेपालले तीन लाख बरावरको निमार्ण सामाग्राी, गजुरी गाँउपालिकाले आव २३ लाख ८२ हजार आठ सय र भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहकारी बजार विकार कार्यक्रम मार्फत जिल्ला सहकारी संघ धादिङको ११ लाख ६९ हजार ४५ रुपयाँ लागत वरावरको निमार्ण कार्य सकिएको र सहकारी संस्थाले निवकट भविष्यमा चार टन क्षमताको तरकारी ढुगानी गर्ने गाडी ल्याउन तयारी भइरहेका छ । सहकारी संस्थाको भवन चालु आवमै निमार्ण सम्पन्न गर्न गाँउपालिकासंग आग्रह गरे । सहकारी संस्थामा ५ सय २५ जना शेयरधनी रहेकाछन् ।