खुकुरी प्रहारबाट त्रिपुरासुन्दरीका शम्भु थापा घाईते

1485 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १६ माघ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं–७ सुकौरामा खुकुरी प्रहारबाट शम्भु थापा गम्भीर घाईते भएका छन् ।

बुधवार विवाहको भोज खाएर घर फर्कर्दै गर्दा त्रिपूरासुन्दरी गाउँपालिका– ५ का ३० वर्षीय शम्भु थापालाई खुकुरी प्रहार भएको थियो । आक्रमणबाट थापा गम्भिर घाईते भएका छन् ।

खुकुरी प्रहारबाट थापाको खुट्टा, टाउको तथा ढाडमा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थापालाई बुधवारनै काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

घटनामा संलग्न भएको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका–५ का २७ वर्षीय बलराम खड्का र सोही गाउँपालिका–७ का २७ वर्षीय केशव थापा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ । थापा नेकपाको भात्तृ संगठन युवा संघ धादिङका जिल्ला सदस्य हुन् । युवा संघ धादिङले घटनाको निन्दा गर्दै दोषि माथि कारवाहीको माग समेत गरेको छ ।