गजुरीका हरिकृष्ण भनिने हेमनसिंह बस्नेत विमानस्थलबाटपक्राउ

1873 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, – बलात्कारको आरोपमा फरार रहेका एक जनालाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका घर भएका हरिकृष्ण भनिने हेमनसिंह बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले विमानस्थलबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता वेलबहादुर पाण्डेका अनुसार गएको जेठ १४ गते गजुरीको बस्नेतगाउँमा बाटो खन्ने क्रममा एक्साभेटर चालकसमेत रहेका हेमनले स्थानीय १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । ढोका फोरेर कोठामा प्रवेश गरी किशोरीलाई जबर्जस्ती गरेको आरोपमा कारवाहीको माग गर्दै प्रहरीमा उजुरी परेपछि बस्नेत फरार भएका थिए ।

घटनापछि बस्नेत केही समय भारतका विभिन्न ठाउँमा लुकेर बसेको र बुधबार वैदेशिक रोजगारीको सिलसिलामा कुवेत जान लागेको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन । विमानस्थलबाट नियन्त्रणपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ ल्याईएको छ ।