सातौँ धादिङ महोत्सव फागुन २ गते देखि

2978 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ ‘सातौँ धादिङ महोत्सव २०७६’ आयोजना गरिने भएको छ । आगामी फागुन २ गतेदेखि १३ गतेसम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा महोत्सवको आयोजना गर्न लागिएको हो । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीमा आयोजना गर्न लागिएको जानकारी गराईएको छ ।

धादिङ उद्योग वाणिज्य संघले मंगलबार धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव हुन लागेको जानकारी गराएको हो । जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताउनुभयो । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको पनि अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहने छन् । बाह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ । महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको वताईएको छ ।

महोत्सवमा जिल्लामा नै पहिलो पटक साहसिक खेल जीपलाइन राख्न लागिएको आयोजकले जनाएका छन् । महोत्सवबाट नाफा भएको रकम सामाजिक कार्यमा लगाउने अध्यक्ष खत्रीले बताउनुभयो ।

आयोजकहरुका अनुसार महोत्सवमा १५५ वटा स्टल रहनेछ भने विभिन्न १२ प्रकारका स्टलहरु रहने छन् । महोत्सव आयोजनाका लागि १५१ जनाको महोत्सव मूल आयोजक समिति निर्माण गरिएको छ । महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बाट हुनेछ । गर्ने आयोजक समितिले जानकारी दिए ।

नीलकण्ठ नगरपालिका संरक्षक र नेपाल उद्योग वाणिज्य महासंघ, टेकु काठमाडौँको महोत्सवको प्रवद्र्धकको रुपमा रहनेछन् । यसै बिच धादिङ उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवलाई असफल बनाउन जिल्लाका केही राजनैतिक व्यक्तिहरु सक्रिय भएर लागेका छन् ।