धादिङका हिमेश कमेडीमा चम्किंदै

969 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपालकै प्रथम कमेडी रियालिटि शो कमेडी च्याम्पिण्नमा उपाधिको मूख्य दावेदारका रुपमा धादिङको थाँक्रे गाउँपालिका ७ जुगेखोला निवासी हिमेश पन्तलाई हेरिन्छ । पहिलो श्रंखलादेखि नै एक माथि अर्को राम्रो प्रस्तुतिले दर्शकको हांसो छुटाएर हिमेश चर्चाको शिखरमा पुगेका छन् ।

पहिले देखि नै विभिन्न माध्यामबाट कमेडी गर्दै आएका उनको कमेडीको यात्रामा च्याम्पियनले ठुलो सहायता दिएको उनको भनाइ छ । हिमेशल कमेडीको माध्यामले समाजमा राम्रो व्याङ्ग्य गर्ने गरेका छन।

उनी कुनै पनि कन्टेन्ट लाई राम्रो र व्याङ्ग्यात्मक तरिकाले प्रस्तुत गर्न माहिर छन् । कमेडी च्याम्पियनमा अबको प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ । अब सबै निर्णय दर्शकले नै लिने भएकाले सबै कमेडियनहरु दर्शकप्रति आशावादी छन् ।