रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

1269 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२ भित्र आ–आफ्नो गाउँपालिकालाई सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् । यसै गरि दुवै गाउँपालिकाले सन् २०२५ भित्र आफ्नो गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने तयारी शुरु गरेका छन् ।

धादिङको रुवीभ्याली र गंगाजमुना गाउँपालिकाले पुर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण तथा रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीको आयोजना गरि गाउँपालिकालाई सफा र स्वच्छ क्षेत्र एवं पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको शान्ति नेपालका अनुगमन मुल्याङ्कन सहायक अधिकृत सुरेश सिग्देलले जानकारी दिनुभयो ।

शान्ति नेपालले दुवै गाउँपालिकाका वडाको प्रारम्भिक सवेक्षण गर्दा ६१ प्रतिशतले चर्पीको समुचित प्रयोग गरिएको भेटिएको थियो । पूर्ण सरसफाइको सूचकहरुमा आधारित प्रारम्भिक सर्बेक्षण गर्नको लागि शान्ति नेपालले सहजीकरण गरेको थियो । सर्बेक्षण रुवीभ्याली गाउँपालिकाको सबै वडा र गंगाजमुना गाउँपालिकाको वडा नं। १ र २ मा गरिएको थियो ।

पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण शान्ति नेपालका कार्यकारी निर्देशक एवं सरसफाइ विद डा। कृष्णमान शाक्यले गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा सरसफाइको महत्व, सरसफाइ गुरुयोजना, पूर्ण सरसफाइका सूचकहरु, सफा र स्वच्छ गाउँ बनाउन स्थानिय सरकारको जिम्मेवारी लगायत बिषय समेटिएको थियो ।