चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

1464 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि  दिदी बहिनीको मृत्यु भएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा नायिका महिमा सिलवाल र उनकी बहिनी हर्मिला सिलवाल रहेका छन् । बुधबार साँझ करिब पौने ५ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा नायिका महिमा चढेको स्कुटरलाई ठक्कर दिँदा नायिका महिमाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

बसको ठक्करबाट ढलेकी महिमालाई उपचारका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरी निरिक्षक पाण्डेको भनाइ छ । स्कुटरमा पछाडि बसेकी सर्मिला सिलवालको पनि उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको पाण्डेले जानकारी दिनुभयो । चितवनको भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ुकारवाहीु चलचित्रबाट डेब्यु गरेकी थिइन त्यसपछि उनले “अप्रिल फुल, चियर्स,दानव, जिग्लो लगायत चलचित्रमा काम गरेकी थिइन्।