चैत १० गते देखि एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

686 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

डिन्यूज समाचारदाता

काठमाडौं । चैत १० गते देखि लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधन बन्द हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सम्बोधनमा चैत १० गतेदेखी लामो दुरीका यात्रुबहाक सवारी साधन रोक्ने घोषणा गरेका थिए ।

कोरोना भाइरस मानव स्वास्थ्यसंग सम्बन्धित भएकाले छोटो दुरीका सवारी साधन पनि सञ्चालन नहुने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम प्रसाद ढकालको भनाइ छ

 

सरकारको घोषणा अनुसार पनि लामो दुुरी भन्नाले ३ सय ५० किलोमिटर भन्दा बढी दुरीमा भएको स्थानलाई बुझिन्छ । यातायात व्यवस्था विभागका अनुसार ३ सय ५० किलोमिटर भन्दा बढी लामो दुरी, २ सय ५० देखी ३ सय ४९ सम्म मध्यम दुरी र २ सय ५० सम्मलाई छोटो दुरी मानिन्छ ।

कोरोना भाइरस मानव स्वास्थ्यसंग सम्बन्धित भएकाले छोटो दुरीका सवारी साधन पनि सञ्चालन नहुने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम प्रसाद ढकालले बताए ।

‘स्वास्थ्यसंग सम्बन्धित विषय भएकाले हामीले एक जिल्लावाट अर्को जिल्लामा चलाउन हुँदैन भनेर हामीले आग्रह गरेका छौं ।’ ढकालले भने ‘हामीले भन्नु भन्दा पनि आम सर्वसाधारणले बुझ्नु पर्ने कुरा हो, यस्तो अवस्थामा हिँडडुल गर्नु भन्दा सेल्फ क्वारेन्टाइनमा बस्नु उपयुक्त हुन्छ ।’

निजीलाइ रोक छैन

सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइए पनि निजी सवारी साधन (कार, मोटरसाईकल, स्कुटी )चल्न पाउने उनले जानकारी दिए ।

उपत्यकाका तीन जिल्लामा यातायात सञ्चालन

काठमाडौ, ललितपुर र भक्तपुर तीन जिल्लामा भने सिमित मात्रामा सार्वजनिक सवारीका साधन सञ्चालन हुने छ । तर, ति सवारी साधनमा पनि अत्यावश्यक पर्दा मात्रै यात्रा गर्न सरकारले आग्रह गरेको छ ।

  • राजधानी डेलि डट कमबाट