बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समिति गठन

1972 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौंडा, २१ चैत – कोरोना भाईरस (कोभिड) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरुलाई ब्यबस्थित र समन्वयात्मक रुपमा गर्नका लागि ससक्त र प्रभावकारी संयन्त्रको रुपमा बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड संकट ब्यबस्थापन समिति गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कार्यदिशा अनुसार समिति गठन गरीएको हो ।
समितिको सदस्यहरुमा सामाजिक बिकास मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री,उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री, प्रमुख सचिब, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी ससस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान बिभागका प्रदेश प्रमुख र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत सदस्य रहनुभएको छ ।

सो समितिले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने, औषधि उपकरण तथा स्वास्थ्य सामग्रीलगायत आवश्यक बस्तु वा सेवाको आपूर्तिको ब्यबस्थापन र अनुगमन गर्ने, आबश्यक पर्ने जनशक्तिको ब्यबस्थापन गर्ने, अस्पतालहरुको मापदण्डअनुसारको आईसोलेशन र आईसीयुको ब्यबस्थापन गर्ने, मापदण्डअनुसारको क्वारेन्टाईनको निर्माण तथा ब्यबस्थापनलगायतका कार्य गर्नेछ ।

यसैगरी समितिमा आन्तरिक मामीला तथा कानुन मन्त्रालयका सचिब, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब, उद्योग, पर्यटन, वन तथा बातारबण मन्त्रालयका सचिब, सामाजिक बिकास मन्त्रालयका सचिबहरुलाई सदस्यमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयका सचिबलाई सदस्य सचिबमा मनोनित गर्नुभएको छ ।