बेनिघाटरोराङको चेपाङ बस्तीमा दादुरा नियन्त्रण वाहिर

1056 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बुम्राङफेदी (धादिङ) , २३चैत – धादिङ जिल्लालाई २०७४ पौष १६ मा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको २७ महिना पछि जिल्लाकै बेनीघाट रोराङ गाँउपालिकामा दादुरा आउट ब्रेक हुदाँ दुई जना बालवालिकाले ज्यान गुमाएकाछन् ।

चेपाङ जातिको बाहुल्य जनसंख्या बेनीघाट रोराङ गाँउपालिका वडा नं. ६ का ६० वर्षिय सन्तबहादुर चेपाङ र ३० वर्षिय सोल्टीमायाकी २९ महिनाको छोरी अनुपा (अनुशा) चेपाङको चैत्र ११ गते र सोही वडा मम्राङ निवासी आशाकुमारी चेपाङकीे ८ महिनाको ससान्तको चैत्र १५ गते दादुराको कारण मुत्यु भएको गाँउपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

अशिक्षाका कारण आफुहरुले वालवालिकालाई खोप लगाउन पर्छ भन्ने ज्ञान नभएको चेपाङहरु बताउँछन् । गाँउकौ सवै वालवालिकामा दादुरा देखिएपछि गाँउपालिका अन्तरगतको स्वास्थ्य शाखाले तथ्यांक संकलन, उपचार , नमूना परिक्षण गरि सचेतनाको कार्यक्रम सञ्चालन तथा घरदैलो सेवा तथा खोप कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य संयोजक शंकर बावु दुवाडीले बताउनुभयो । पहिलो पटक फागुन ४ गते चरौदी आधारभुत स्वास्थ्य केन्द्मा ४ जनामा दादुराको लक्षण द्खिएको थियो । फागुन ७ गते स्थलगत अनुगमनमा ४६ जना दादुराका विरामी भेटिएकोमा २ जनाको नमूना परिक्षण गर्न कान्ति वाल अस्पताल भर्ना गरिएकोमा तीन दिनमा उनिहरु सञ्चो भई घर फर्किएका थिए । फागुन ८ मा स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा भुवन पौडेल, विश्व स्वास्थ्य संगठनको आइपिओ अफिसर डा रुपेश तिमिल्सिना सहितको टोलीले स्थलगत अनुगमन गरि प्रतिकार्यका लागि गाँउपालिकालाई सुझाव दिएको संयोजक दुवाडीले बताउनुभयो ।

गाँउपालिकाले फागुन २३ र २६ गते दुई खोप केन्द्र स्थापना गरि खोप लगाएको र आंफै घरघरमा पुगेर खोप लगाउन आग्रह गदैं हिडेको वडा अध्यक्ष देवकृष्ण आलेले बताए । हाल सम्म वेनीघाट रोराङ गाँउपालिकामा एक सय असी जना १४ वर्ष उमेर समूहसम्मका वालवालिकालाई दादुरा देखिएको छ । यहाँका चेपाङलाई आफ्नै वडाको स्वास्थ्य केन्द्र जान २ घण्टा भन्दा बढी समय लाग्ने गर्दछ । छोरी विरामी परेपछि ४ घण्टाको यात्राबाट चरौदी आधारभुत स्वास्थ्य केन्द्र जान हिडेकी सानुमाया चेपाङलाई लकडाउनका बेला हिडडुल गर्न नपाउने भन्दै गाउँलेहरुले बाटोबाट फकाईदिएपछि विरामी छोरीको उपचार नगराई उनि घरमै बसिरहेको थिइन ।

सरकारको बषौंसम्मको लगानीमा खोपयुक्त जिल्ला घोषणा गर्दैमा खोपयुक्त नभएको र तत्कालिन अवस्थामा खोपको प्रचार प्रसार प्रभावकारी नहुदाँ अहिलेको अवस्था आएको र नैतिक जिम्मेवारीबाट आफ पन्छिन नमिल्ले वडा अध्यक्ष आलेले बताउनुहुन्छ । दादुरा खोप मात्र नभई सवै किसिमका खोप प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयसेविका, स्वास्थ्यकर्मी जनप्रतिनिधि, सामाजिक अभियान्ताहरुको संयुक्त पहलमा खोप कार्यक्रम प्रभावकारी बनाउने कार्यक्रम गाँउपालिकाले अघि सार्ने प्रमुख प्रशासीय अधिकृत लक्ष्मण भट्टराईले बताउनु भयो । दादुरा खोप निवारण २०१९ मा घोषणा गर्ने कार्यक्रम रहेको तर विविध कारणले रोकिन गई सन २०२३ मा दादुरा निवारण घोषणा हुन नसकेको शनिवार चेपाङबस्तीमा थलगत अनुगमनमा जानु भएका गजुरी गाँउपालिका स्वास्थ्य संयोजक डाक्टार रामहरी रेग्मीले बताउनु भयो । आइतवार स्थलगत अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत भट्टराई, वडा अध्यक्ष स्वास्थ्य संयोजक दुवाडी, उपसंयोजक सिता शाक्य सहितका टोलिले वालवालिकाको स्वास्थ्य परिक्षण गरी आवश्यक औषधी दिएका थिए । गाँउपालिकाले खोप सम्वन्धी विशेष कार्यक्रम सञ्चालन गर्न बागमति प्रदेश सामाजिक विकास मान्त्रालयमा चैत्र १८ गते पत्राचार गरिसकेको जनाएको छ ।
–  पत्रकार राजेन्द्र बस्नेतको सहयोगमा