धादिङबेसीमा विपन्न र असहायका लागि निःशुल्क भोजन

1607 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोविद १९ ) को संक्रमण फैलन नदिन नेपाल सरकारले आह्वान गरेको लकडाउनको कारण दुई साता देखि नेपाल ठप्प हुन पुगेको छ ।

लकडाउनको प्रत्यक्ष मारमा परेका अति विपन्न तथा असहायहरुको लागि धादिङबेसीमा सामुहिक भोजन सुरु गरिएको छ । बुधवार विहान देखि शुरु भएको सामूहिक भोजनमा पहिलो दिन विहान ७२ जना र बेलुकी १०२ जनाले खाना खाएका छन् ।

दुईसाता देखि जारी लक डाउनका कारण दैनिक ज्यालामजदुरी गरेर खानाको जोहो गर्ने विपन्न वर्गका मजदुर, असहाय र गरिबहरु खानबाट बञ्चित नहोउन भन्नका लागि सामूहिक भोजनको व्यवस्था मिलाईएको नीलकण्ठ नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष होमनाथ रिजालले वताउनु भयो ।


नीलकण्ठ नगरपालिकाको संयोजनमा भएको दैनिक ज्यालादारी मजदुर र असहायहरुको लागि भोजन कार्यक्रम सञ्चालनका लागि धादिङ उद्योग वाणिज्य संघ, धादिङ चेम्बर अफ कर्मश,जिल्ला होटल संघ, टोलसुधार महासमिति र धादिङ सोसियल भोलिन्टियर नेपालले सहयोग पु¥याएका छन ।

लकडाउनको कारण ज्यालामजदुरी गर्न नपाएर अप्ठेरोमा परेका ज्यालादारी मजदुरका साथै सकस भोग्न बाध्य परेकाहरु देखि नगरपालिका भित्र बसोबास गर्ने सबैलाई बिहान र बेलुकाको खाना निुशुल्क खुवाउन लागिएको हो । बिहानको खाना ९ बजेदेखी ११ बजे सम्म र बेलुकाको खाना ५ बजेदेखी ७ बजे सम्म खुवाउने व्यवस्था मिलाइएको छ ।


नीलकण्ठ माविको प्राङ्गणमा बुधबार बिहानबाट सामुहिक भोजन सुरु भएको हो । नीलकण्ठ नगरपालिकाको १४ वटै वडामा समस्यामा परेकाहरुको लागि सामुहिक भोजनको व्यवस्था गर्न लागिएको जानकारी दिएको छ ।

नीलकण्ठ माविको प्राङगणमा आयोजना गरीएको निःशुल्क भोजनको लागि आवश्यक साबधानी पु¥याएर खाना खुवाईएको छ । खाना खाने स्थल प्रवेश गर्नुपुर्व राम्ररी साबुन पानीले हात धुने र हरेक ठाउँमा मानिस बस्दा उभिंदा कम्तीमा ३ फिटको दुरी कायम गरिएको बतार्र्ईएको छ । ।सामुहिक भोजनमा मानशिक सन्तुलन गुमाएका र सडक पेटीमा बस्नेहरु पनि सहभागि भएका छन । खाद्यान्न बाड्दा बास्तविक पीडितले नपाउने हुँदा बास्तविक समस्यामा परेकाहरुलाई लक्षित गरेर सामुहिक भोजनको सुरु गरिएको मेयर भिमप्रसाद ढुङ्गाना बताउनु भएको छ ।

नीलकण्ठ नगरपालिकाको काम प्रति आम नागरिकहरुको चासो प्रति आफु सकारात्मक रहेको र अनाश्वयक हल्ला र टिका टिप्पणी नगर्नको लागि नगरप्रमुख ढुंगानाले आग्रह गर्नुभएको छ ।