एम्बुलेन्सले नमानेपछि विरामी आफैं मोटरसाईकल चलाएर अस्पताल पुगे

1344 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३ बैशाख – र्‍यापिड  डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड(१९ परीक्षण गर्दा पोजेटिभ देखिएका धादिङ ज्वालामुखीका २७ बर्षिय युवकलाई धादिङ अस्पताल अन्र्तगत रहेको कोरोना उपचारको अस्थायी आईशोलेसन कक्षमा भर्ना गरिएको छ । जिल्ला अस्पताललाई संघीय सरकारले कोरोना उपचारको लागि कोभिड क्लिनिकका रुपमा तोकेको छ ।

ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा मंगलबार भारत लगाएत तेश्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको र्‍यापिड  टेस्ट (आरडीटी किट) बाट कोरोना भाइरसको परीक्षण गर्दा ति युवाको रिपोर्ट पोजेटिभ देखिएको हो । गत फागुन २० गते (मार्च ४) मा दक्षिण कोरियाबाट नेपाल फर्किएका उनि फागुन २१ गते घर फर्किएका थिए । घर आएपछि उनी होम क्वारेन्टिनमा बस्दै आईरहेको वताईएको छ ।

विदेशबाट आएका ३५ जनामा गाउँपालिकाले गरेको आरडिटी परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । परिक्षण पछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउन एम्बुलेन्स खोज्दा कुनै पनि एम्बुलेन्स तयार नभएपछि राती उनि आंफै मोटरसाईकल चलाएर जिल्ला अस्पताल आएको आफन्तहरुले बताएका छन् ।


राती १० बजे जिल्ला अस्पतालको कोरोना बिशेष क्लिनिकमा भर्ना गरिएका ति युवाको स्वास्थ्य परिक्षण र हेरचाहका लागि स्वास्थ्यकर्मीहरुको बिशेष टोली परिचालन गरिएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो ।

आरडीटी रिपोर्टका आधारमा कसैलाई पनि कोरोना भएको ठोकुवा गर्न नसकिने भएकाले आधिकारिक निकायबाट पीसीआर परीक्षण रिपोर्ट सार्वजनिक नभएसम्म जिल्लावासी कोहि पनि आतङ्कित नभई सचेत भएर सुरक्षितका साथ घर भित्रै बसिदिन स्वास्थ्य कार्यालय धादिङका प्रमुख एवम जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर भुवन पौडेलले आग्रह गर्नुभएको छ ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामी भनिएका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले उनीमा कुनै पनि समस्या देखिएको छैन । पिसीआर टेष्ट गर्नका लागि उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी गरिएको जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव पौडेलले वताउनुभयो ।

ज्वालामुखीका ति युवा र उनको सम्पर्कमा रहेका सबै व्यक्तिको तत्काल पहिचान गरि उनिहरुको आरडीटी परिक्षण गर्नु अनिवार्य भएकाले ¥यापिड डाइग्नोस्टिक परीक्षण (आरडीटी) का लागि जिल्लामा पर्याप्त किट नभएकाले प्रदेश सरकार तथा संघीय सरकारले आवश्यक किट उपलव्ध गरिदिनुपर्ने डाक्टर पौडेलको भनाई छ । जिल्लाका सबै ठाउँमा आरडीटी परिक्षणका लागि ७ सय थान किट आवश्यक रहेको डाक्टर पौडेलले वताउनुहुन्छ ।

आरडीटी रिपोट पोजेटिभ देखिएका व्यक्तिको पिसिआर रिर्पोट आएपछि उनको सम्पर्कमा आएका परिवार लगायत स्थानीय व्यक्रिहरुबारे खोजि गरेर क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाईने धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

यसै गरि लकडाउनको अवज्ञा गरि जथाभावी मानिहरु हिंडडुल र भेलाहुने क्रम बढुन थालेको जनगुनासो आएकाले ग्रामीण भेगमा समेत प्रहरी गस्ती बढाएर अझै कडाई गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रुपक खड्काले वताउनु भएको छ ।