मुख्यमन्त्री पौडेल र स्थानीय तहका प्रमुख बिच भिडियो कन्फ्रेन्स

1411 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौंडा, २ बैशाख -बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय तहको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ ।
वडासङ्ग समन्वय गरेर आबश्यक सामाग्री वडाभित्र व्यवस्था गरेर लकडाउन प्रभावकारी बनाउन प्रमुखहरुलाई निर्देशन समेत दिनुभएको छ ।
स्थानीय तहका प्रमुखहरुसङ्ग भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले कोरोना भाईरसका कारण देशमा जारी रहेको लकडाउनको अवस्थाका बिषयमा मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख एकराज उप्रेती, चितवनको रत्ननगर नगरपालिका प्रमुख नारायण वन, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख जगतबहादुर भ्लोन, धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र दोलखाको भिमेश्वर नगरपालिका प्रमुख भरत केसीसङ्ग भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गर्नुभएको हो ।
कुराकानीमा सबै स्थानीय तहले आफ्ना नाकाहरुमा कडाइ गर्ने हो भने लकडाउन प्रभाबकारी हुने बताउनुभयो । यो महामारीबाट बच्न सरकार निर्मम पनि हुनु जरुरी रहेको देखिएको उहाँको भनाई थियो । सरकारले अनुकूल समय अनुसार राहत उपलब्ध गराउने पनि जानकारी दिनुभयो । स्थानीय तहले मात्र राहत बितरण गनुपर्ने बताउँदै एकद्वार निति अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुसभयो “ लकडाउनका कारण काम गर्न नपाएर दैनिक गुजारा गर्न नसकी साच्चै मर्का परेकालाई मात्र राहत दिने वातावरण बनाउनुस्, राहत पाउनुपर्ने कहाँ राहत पुर्याउन प्रदेश सरकारले सहयोग गर्छ । कृषिको समस्या समाधान गर्न सरकारले छलफल गरिरहेको भन्दै कृषि उपजको बिक्रिको ब्यस्थापन गर्न सहज बनाउन सरकारले किसानलाई सहयोग गर्नेपनि बताउनुभयो । भौतिक दुरी कायम गरी कृषि उत्पादनमा सहभागि हुन सकिने उहाँले बताउनुभयो ।
खेति गर्ने समय नजिक आएकोले बिउबिजन, मलका लागि स्थानिय तहले समन्वय गर्न आग्रह गर्दै यो कार्यमा प्रदेश सरकारले तयारी सुरु गरेको जानकारी दिनुभयो ।  दैनिक रुपमा प्रयोग हुने अत्याबश्यक बस्तुलाई सहज बितरणमा स्थानीय तहले समन्वय गर्नुपर्नेपनि बताउनुभयो । कोरोनाबाट बच्न लकडाउन प्रभावकारी बनाउनु विकल्प नभएको भन्दै आवत जावत रोक्ने अन्तिम अस्त्र रहेको बताउनुभयो ।
यसैगरी बुधबार चितवनको भरतपुर र माडि नगरपालिका, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको बारबिसे नगरपालिकाका प्रमुखहरुसंग भिडियो कन्फ्रेस गर्ने कार्यक्रम रहेको छ ।