धादिङका दुई युवाको पिसिआर रिपोर्ट नेगेटिभ

1057 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,५ बैशाख – ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना भाइरस पोजिटिभ देखिएका धादिङका दुई युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङका  र ज्वालामुखी गाउँपालिका वडा नं ३ अमराईका अर्का एक युवाको जिल्लामा आरडीटी गर्दा रिर्पोट पोजेटिभ भेटिएको थियो । दुवै जनाको स्वाब टेकु स्थित राष्ट्रिय प्रयोगशालामा परिक्षण गर्दा नेगेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी बिक्रम विश्वकर्माले वताउनुभयो ।

दुवै जनालाई गाउँमा रहेको एम्बुलेन्सले बोक्न नमानेपछि ज्वालामुखीका युवाआंफै मोटरसाइकल चलाएर जिल्ला अस्पतालको आइसोलेसन कक्षमा आउनुुभएको थियो ।  त्रिपुरासुन्दरीका युवालाई भने जिल्ला अस्पतालको एम्बुलेन्स गएर गाउँबाट ल्याएको थियो ।

कोही पनि व्यक्तिलाई कोरोना भए–नभएको अन्तिम पुष्टि पिसिआर रिपोर्ट पछि मात्रै थाहा हुने भएकाले दुवै जनाको स्वाब परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो ।