युरोपका नेपाली समुदायलाई लोकप्रसाद दहालबाट मास्क सहयोग

2641 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

लुभेन ( बेल्जियम) – गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तराष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष लोकप्रसाद दाहालले निजी खर्चमा युरोपका नेपालीलाई मास्क बितरण शुरु गर्नु भएको छ ।

दहालको सहयोगमा बेल्जियम, स्पेन र पोर्चुगलको नेपालीहरुलाई सर्जिकल मास्क वितरण भैरहेको एनआरएनका अभियन्ता एवम समाजसेवी गंगाधर गौतमले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।  गौतम एनआरएन बेल्जियम तथा जनसम्पर्क समिती बेल्जियमको पुर्व अध्यक्ष समेत हुनुुहुन्छ ।

गौतमका अनुसार समाजसेवी दाहालले चाईनाबाट करिब ५ हजार मास्क मगाउनु भएकोमा १ हजार स्पेन, १ हजार पोर्चुगल र बाँकी बेल्जियमको नेपालीहरुलाई बितरण गर्न लागिएको हो । स्पेन र पोर्चुगलमा छिट्टैनै एउटा टिम बनाएर बितरण गरिने र बेल्जियमको लुभेनमा नेत्र मगर, खड्ग बहादुर केसी, सोनाम शेर्पा, शुभाष गुरुङ, दीपेन्द्र केसी तथा आङमाया लामा मार्फत बितरण भईरहेको वताईएको छ । त्यसैगरि बेल्जियमको ब्रुजमा रमेश कंडेल ओष्टन्डेमा धर्म पाठक र आन्त्वार्पेनमा लोक दाहाल आफैले वितरण गरिरहनु भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोविद १९ अर्थात कोरोना भाईरसको संक्रमणले संसारलाईनै अस्तव्यस्त वनाईरहेको बेला नेपालीहरु बसिरहेको घर घरमा गएर मास्क वितरण गर्ने कार्यलाई बेल्जियमका नेपालीहरुले सकारात्मक रुपमा लिएका छन ।

सामाजिक कार्यमा निरन्तर कृयाशिल रहँदै आउनु भएका समाजसेवी दहालले केही समय अघि बेल्जियमको एक अस्पतालका स्वास्थ्यकर्मीहरुलाई ७ हजार सेट शुशी ( जापानी परिकार) खुवाउनु भएको बेल्जियमका पत्रपत्रिकाले जनाएका थिए । दहाल संगै अर्का शुशी ब्यावसायी विपन गुरुङले पनि आफ्नो ब्यवसाय नजिकको अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई ६ हजार सेट शुशी बाँडेर नेपालीहरुको शिर ठाडो बनाईदिएको भन्दै बेल्जियममा रहेका नेपालीहरुले खुसी व्यक्त गरेका छन ।
दहाल धादिङको गंगाजमुना गाउँपालिकाको बुढाथुमका वासिन्दा हुनुहुन्छ ।