देशभरमा १२ हजारको पीसीआर विधिबाट कोरोना परीक्षण

1136 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–सरकारले हालसम्म देशभरमा १२ हजार ११ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पीसीआर) विधिबाटकोभिड ( १९ को परीक्षण गरेको छ । त्यसैगरी र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ४६ हजार ८६० नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

डा. देवकोटाका अनुसार गत २४ घण्टामा थप एक हजार ६८२ परीक्षण भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन् । हालसम्म विराटनगरमा ३१, विरगञ्जमा आठ, धनगढीमा एक र भरतपुरमा एक गरी ४१ जना कोरोना संक्रमित व्यक्ति उपचाररत छन् ।

उपचाररत कोरोना संक्रमित व्यक्ति सबैको स्वास्थ्य स्थिति सामान्य रहेको डा। देवकोटाले बताए । हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार ३३६ रहेको छ । अहिलेसम्म आइसोलेसनमा ८० जना रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यकाबाहिर ७७ जना रहेका छन । रेड जोनमा हालसम्म ३१२ जना रहेको डा. देवकोटाले बताउनुभयो ।

त्यसैगरी दक्षिण कोरिया र चीनबाट ग्लब्स, थर्मामिटर, माक्स, पीपीई लगायतका स्वास्थ्य सामग्री आइपुगेको मन्त्रालयका उहाँले जानकारी दिनु भयो । उक्त स्वास्थ्य सामग्री स्वास्थ्य विभागलाई प्रदान गरिएको छ ।

  • न्यूज कारोबारबाट