मानसिक सन्तुलन गुमेकी महिलामा कोरोना सँगै एचआईभी पनि पोजेटिभ

1494 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ : गजुरी गाउँपालिकाको घाटबेशीमा बस्दै आएकी मानसिक सन्तुलन गुमाएकी एक महिलामा कोरोना भाइरस संक्रमणसँगै एचआईभी पनि पोजेटिभ देखिएको छ ।

सोमबार संक्रमण पुष्टि भएकी गजुरी–५ घाटबेसी आसपासमा बस्दै आइरहेकी करिब ३२ वर्षकी मानसिक सन्तुलन गुमाएकी ती महिला  डेढ वर्षदेखि घाटबेसी आसपास क्षेत्रमा बस्दै आइरहे पनि उनको ठेगाना समेत खुल्न नसकेको स्थानीयले वताएका छन्। सडकमा बस्ने महिलाहरु जुनसुकै बेलामा पनि जोखिममा रहने गरेकोमा अहिले झनै संकटमा परेको गजुरी गाउँपालिकाका उपाध्यक्ष सिता ढुंगानाले वताईन ।

ती महिलामा स्वास्थ्य समस्या देखिएपछि उनको उद्धार र उपचारका लागि स्थानीयले गजुरी गाउँपालिकालाई आग्रह गरेको थियो। उपचारका क्रममा शंका लागेर स्वाब परीक्षण गर्न पठाउँदा रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले जानकारी दिए। उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। सोमबारनै नीलकण्ठ नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका १६ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो। यी समेत समेत गरी धादिङमा संक्रमितको संख्या २३ पुगेको छ।