राप्रपाको केन्द्रीय कार्य समिति गठन, धादिङका को को परे ?

3017 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 दुई पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एकीकृत केन्द्रीय समिति (३२७ सदस्यीय)  गठन गरेको छ । राप्रपा केन्द्रिय समितिमा ३२७ जना र केन्द्रीय कार्य सम्पादनमा ८२ जना रहने भएका छन् ।  विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको सहमतिमा बनेको केन्द्रिय समितिमा धादिङका पाँच जना रहेका छन् । धादिङबाट केन्द्रिय समितिमा बुद्धिमान तामाङ,ठाकुरप्रसाद शर्मा, श्याम लामा, सरस्वती लामा र परशुराम तामाङ परेका छन् ।

त्यस्तै विश्वबन्धु थापाको अध्यक्षतामा उच्च स्तरीय सल्लाहकार समिति गठन गरिएको भने १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरिएको राप्रपाले जनाएको छ ।