धादिङमा एकैदिन थपिए २८ जना कोरोना संक्रमित

1400 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३० जेठ – धदिङमा एकैदिन थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या अब ५८ पुगेको छ । भारतबाट घर फर्किएर ज्वालामुखी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २७ जनामा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २ महिला र २५ जना पुरुष रहेका छन् । ज्वालामुखी गाउँपालिकाले पनि बिज्ञप्ति जारी गर्दै संक्रमित हरुको वडागत बिबरण सार्वजनिक गरेको छ ।

संक्रमितहरु मध्ये ज्वालामुखी गाउँपालिका वडा नं १ का ३५ वर्षिय महिला, ४३, ४४, ३६ र ५६ वर्षका पुरुष, वडा नं २ का ३७ वर्षीय वर्षिय महिला, ३३, ३२, २९, ४३, ५६, २७, ३७, २४ र ४८ वर्षिय पुरुष छन् । त्यस्तै वडा नं ५ का २६, ४२ र १६ वर्षिय पुरुष, वडा नं ६ का २६, २० र २९ वर्षिय पुरुष र वडा नं ७ का २२, २२, ४०, ५०, २१ र २२ वर्षिय पुरुष रहेका छन् ।

 

संक्रमित सबै जना क्वारेन्टाइनमा बसिरहेका थिए । बुधबार उनीहरुको स्वाव संकलन गरी पि.सि.आर परिक्षणको निम्ति राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु काठमाण्डौ पठाइएको थियो ।संक्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताउनुभयो । उनिहरुसबैलाई स्थानीय क्वारेन्टाइनमा राखिने भएको छ ।

शुक्रवारनै धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ का ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोे थियो । यो संगै धादिङको १३ स्थानीय तह मध्ये नौ वटा स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन । यस अघि जिल्लाको नेत्रावतीडवजोङ,गल्छी, थाँक्रे, त्रिपुरासुन्दरी ,सिद्धलेक र गजुरी गाउँपालिकाका साथै धुनिबेसी र नीलकण्ठ नगरपालिकामा संक्रमित भेटिएका थिए । भेटिएका मध्ये अहिले सम्मकै सबैभन्दा धेरै ज्वालामुखीमा २७ जना त्यस पछि दोश्रोमा नीलकण्ठ नगरपालिका १८ जना, त्रिपुरासुन्दरीमा ७ जना,सिद्धलेकमा २ जना, गल्छी, थांक्रे, नेत्रावतीडवजोङ, गजुरी र धुनिबेसीमा १÷ १ जना रहेका छन् ।

भेटिएका मध्ये नेत्रावती,गल्छी र थांक्रेका संक्रमित निको भएर घर फर्किसकेका छन भने बाँकी रहेका सबैजनाको उपचार भईरहेको र सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिनुभयो ।