धादिङमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, २२ जना निको भएर घर फर्किए

1296 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,६ असार – धादिङमा कोरोना भाईरसबाट संक्रमितको हुनेको संख्या १ सय १ पुगेको छ । शनिवार धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १ पुगेको हो । शनिवार थपिएका ६ जना संक्रमितहरु पाँच जना भारत र एक जना दुवईबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यसै बिच कोरोना स्ंक्रमित भई सदरमुकाम धादिङबेसीको आईसोलेसनमा राखेर उपचार गरिरहेका २० महिने शिशु सहित १७ जना शनिवार कोरोनालाई जितेर घर फर्किएका छन् ।

नीलकण्ठ नगरपालिका र जिल्ला अस्पताल धादिङले संयुक्त रुपमा संचालन गरिरहेको आईसोलेसनबाट शनिवार डिस्चार्ज हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का एकै परिवारका तीन जना रहेका छन् । भारतबाट आएका श्रीमान श्रीमती र उनिहरुका २० महिने शिशुमा कोरोना संक्रमण देखिएपछि उनिहरुलाई आईसोलेसनमा राखेर उपचार गराईएको थियो । शनिवार डिस्चार्ज हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर २,३,५,७,११ र १४ नम्बर वडाका रहेका छन् । उनिहरु सबैलाई कोरोनामुक्त भएको प्रमाणपत्र दिईएको थियो ।

धादिङका १३ स्थानिय तहमध्ये १० वटा स्थानिय तहमा कोरोना भाईरसबाट संक्रमित भएकाहरु भेटिएका छन् । अहिले सम्म संक्रमित भेटिएका स्थानीतहरुमा नीलकण्ठ नगरपालिकामा ५९ जना, ज्वालामुखी गाउँपालिकामा २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना, सिद्धलेकमा २ जना, नेत्रावती डबजोङमा १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ,गल्छी,थाँक्रे र गजुरी गाउँपालिकामा १/१ जना र धुनीबेसी नगरपालिकामा १ जना समेत गरी जिल्लामा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

संक्रमित भएका मध्ये २२ जना निको भएका छन । नेत्रावती डबजोङको एक पुरुष, गल्छीकी एक महिला र थाँक्रेका एक पुरुष,सिद्धलेक धुनिबेशीकी एक महिला र नीलकण्ठ नगरपालिकाका १७ जना गरी २२ जना निको भएर घर फर्किसकेका छन् ।