धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

1025 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले असोज महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका नेत्रपूसाद भट्टको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ सरुवा भएको छ । भट्टको ठाउँमा प्रहरी प्रधान कार्यालय मानवबेचविखन अनुसन्धान व्युरो काठमाण्डौंका सुदर्शनदेवी जोशीको सरुवा भएको छ ।

त्यसै गरि जिल्ला प्रहरी कार्यालय धादिङका सरोज राईको इलाका प्रहरी कार्यालय बस्तीपुर सिन्धुली सरुवा भएको छ । राईको ठाउँमा कर्णाली प्रदेश प्रहरी आवासीय मावि सुर्खेतबाट सुरेन्द्र केसीको सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय खानीखोलामा महानगरीय अपराध महाशाखा टेकुबाट रुपा थापाको सरुवा भएको छ । खानीखोलामा कार्यरत रुकबहादुर खड्काको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय प्रहरी महाशाखामा सरुवा भएको छ ।