सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

1318 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

महादेववेंशी, ६ असोज
सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक रुपान्तरण भन्ने नाराका साथ आज ४१ औं सामाजिक सेवा दिवशको अवसरमा युवाहरुको लागी थाक्रे गाउँपालिकामा पालिकास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
संस्थागत विकास सञ्जाल र सिडर््स नेपालको सहयोग थाक्रे युवा परिषदको आयोजनामा जनजागृति माध्यमिक विद्यालयको हलमा आयोजित कार्यक्रममा १७ जना प्रतियोगी सहभागी भएका मध्ये थाक्रे वार्ड नं. ३ की सुजाता पौडेल प्रथम, थाक्रे ७ की विविसा खतिवडा द्धितिय, थाक्रे १ की सलिना थापा तृतिय र थाक्रे २ की मुना लामाले सान्त्वना स्थान हासिल गरेकी थिइन । विजेताहरुलाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।