छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

1053 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १२ असोज -आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाबाट एक पुरुष पक्राउ परेका छन् ।
छोरीलाई बलत्कार गरेको अभियोग लागेपछि अनुसन्धानका लागि प्रहरीले बाबुलाई सोमबार पक्राउ गरी हिरासतमा लिएको हो । पक्राउ परेको पुरुष माथि चौध वर्षीया आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका ३५ वर्षका एक पुरुष माथि आफ्नै छोरीलाई बलत्कार गरेको आरोप लागेपछि उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

घरमा आमा र भाइ नभएको बेलामा असोज ८ गते पछिले पटक आंफुलाई बाबुले बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताएकी छिन । पिडित बालिकाको बालिकाको स्वास्थ्यपरीक्षण पछि उनलाई प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएको छ ।

घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत सहयोग नगरेको बालिकाको गुनासो छ । घरमा बसेर आफूले न्याय नपाउने देखेपछि घर छाडेर भागेको बालिकाले बताईन । बाबुले आफूलाई पटक पटक बलात्कार गर्दै आएकाले पिडा सहन नसकेर छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरेको थियो ।