‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

2244 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला न्यूजिल्यान्डमा हुनुहुन्छ। सामाजिक सन्जालमा निकै सकृय रुपाखेतीले यतिबेला एउटा नयाँ अभियानको शुभारम्भ गर्नु भएको छ – ‘ BE THE CHANGE MAKER ‘ को नाममा। यो लगायत अन्य बिषयहरुमा रुपाखेती सँग धादिङ न्यूज डट.कम ले अनलाइनमा गरिएको कुराकानी:

. सञ्चै हुनुहुन्छ? कस्तो कोरोनाको प्रकोप न्यूजिल्यान्डमा?

हजुर ठीक छु। यतिबेला न्यूजिल्यान्डमा कोरोनाको प्रकोप सुन्य नै छ भन्दा पनि हुन्छ। बाहिर बाट आउने मान्छेलाई बाहेक कोरोनाको सन्क्रमण कसैलाई पनि छैन। मलाई लाग्छ, कोरोनाको ब्यबस्थापनको हिसाबले न्यूजिल्यान्ड एउटा उदाहरण बनेको छ।

. न्यूजिल्याण्डमा कसरी सम्भब भयो यस्तो? सरकारको प्रभाबकारीता हो वा अन्य कारण छन प्रदिप जि?

सरकारको प्रभाबकारीता बिना यो सम्भब नै छैन। तथापी अन्य धेरै कुराहरुले गर्दा कोरोना नियन्त्रण सम्भब भएको हो। पहिलो त न्यूजिल्यान्डको खुल्ला बोर्डर छैन। यसले गर्दा ट्र्याकिङ गर्न सजिलो हुने भयो। अर्को कुरा सन्क्रमण ब्यापक हुन नपाउदै यसलाई नियन्त्रणको कोसिस भयो। नागरिकहरुले सरकारका अनुरोधहरुलाई तुलनात्मक हिसाबले निकै नै मानेको अवस्था थियो।

बिशेषहरी यहाँको प्रधानमन्त्री र उनको सरकार, नागरिकहरुलाई सुचना र हौसला दिने कुरामा निकै अगाडि देखिए। राज्यले तरिका मिलाएर भन्ने हो भने नागरिकले कुरा सुन्छन भन्ने देखियो। प्रभाबकारी सुचना, जिम्मेवार सरकार, अनुशासित नागरिक, ब्यबस्थित योजना र समुन्द्र बाट घेरिनुले न्यूजिल्यान्डलाई कोरोना सन्क्रमण नियन्त्रण गर्न सजिलो भयो भन्न् सकिन्छ।

. अनी तपाईं के गर्दै हुनुहुन्छ ?

ब्यक्तिगत कुराहरु त्यती महत्वपूर्ण हुँदैनन होला सियर गर्नका लागि, तर पनि तपाईंले सोधिहाल्नु भयो। म एउटा ईन्जिनियरिङ कन्सल्टेन्सीमा काम गर्छु ईन्जिनियरको रुपमा।

. ठीकै , अब बिषयमा प्रबेश गरौके हो यो तपाईंले सुरु गर्नुभएको अभियान?

मैले केही अगाडी देखी नै नेपाली समाजमा जोडीएर कुनै स्रिजन्सिल काम गर्न खोज्दै थिए। समय यतिबेला आयो भनौ। यो एउटा नेपाली समाजमा सकारात्मक  प्रभाब छोड्ने कोशीस हो। अरुले गरेन भनेर बस्ने भन्दा पनि मैले के गर्नु पर्छ? के गर्न सक्छु? अरु सँग मिलेर गर्न सक्ने चिज के छ? यसरी आफुलाई प्रतिकृयात्मक भन्दा पनि जिम्मेवार भूमिकामा प्रस्तुत गर्नुपर्दछ भन्ने मन्यतामा उभिएको सामाजिक अभियान हो यो ‘ BE THE CHANGE MAKER’ मुख्य रुपमा नेपालको अर्थ-सामाजिक छेत्रमा सकारात्मक परिवर्तनको खोजी गर्नु नै यो अभियानको अभिप्राय हो।

. तपाईं त्यहा हुनुहुन्छ, अनी नेपाली समाजमा परिवर्तनको कुरा गर्नुभाछ? सजिलो हुन्छ यो काम?

अब सजिलो के लाई भन्ने प्रश्न आउछ। भनाइ छ नि, ‘ सजिलै त घास पनि उम्रदैन’। कुनै पनि काम सजिलो वा अफ्ठेरो हेरेर मात्र गरिदैन नि – त्यो कुरा अबस्यक्ता हो कि होइन? त्यो कुराको औचित्य छ कि छैन? त्यसरी हेर्दा यो राम्रो काम हुन सक्छ भनेर सुरुगरिएको हो।

अहिले नै धेरै चर्चा गर्नु पर्ने बिषय हो जस्तो पनि लाग्दैन किनकी हामी त भर्खर सुरु गर्दै छौ। तर यो मैले बिकास गरेको आधारभुत  आइडिया मात्र हो। धेरै साथीभाइहरु जो नेपालमा हुनुहुन्छ, उहाहरुको सकृय सहभागीतामा यो अभियान अघी बढ्छ। सानो किन नहोस्, हामीले राम्रो काम गरौ – समाजमा एउटा सकारात्मक्ताको खोजी गरौ भन्ने हो। हामी अफुले गर्ने कुरामा प्रस्ट छौ र गर्दै अघी बद्छौ। कहिले सजिलो होला कहिले अफ्ठेरो।

. के के गर्ने सोचमा हुनुहुन्छ? उदेस्य सकारात्मक प्रभाब छोड्ने भन्नु भयोत्यो कसरी गर्नु हुन्छ?

निकै महत्वपुर्ण प्रश्न सोध्नु भयो। के गर्ने भन्ने कुरा एउटा बिसय भयो। अब कसरी गर्ने भन्ने चिज जरुर महत्वपूर्ण छ।

हरेक मान्छेले समाजमा यस्तो भयो भने राम्रो हुन्छ भनेर सोच्ने हैसियत राख्छ। हरेक मान्छेको मस्तिस्क सकारात्मक तरिकाले चल्न थाल्दा त्यसले एउटा शक्तीको रुप लिन्छ। समाजलाई आइडिया दिने, हौसला दिने, कसैको  हैसेमा होस्टे गर्ने, नराम्रा कुराहरुलाई निरुत्साहित गर्ने, राम्रो कुराहरुलाई प्रोत्साहन गर्ने याबत गर्न सकिन्छ। फेरी पनि यो कुरा छलफल गर्दै, सिक्दै, अनुभबी बन्दै र प्रभाबकारी तरिकाले डेलिभर गर्दै जाने कुरा हो। हामी सँग धेरै साथीहरु हुनुहुन्छ – जो उर्जावान र स्रिजन्सिल हुनुहुन्छ। मलाई लाग्छ, हामी छोटो समयमानै तपाईंहरुले महसुस गर्नेगरी काम गर्छौ।

. शुभकामना तपाईंलाईराम्रो काममा साथ दिन हामीलाई पनि राम्रो लाग्छ। अब कहिले फर्कनु हुन्छ नेपाल? कि बहिरै हराउनु हुन्छ?

( हाँस्दै ) — हराउने त कुरै छैन। संसार निकै साघुरो बनेको छ। तपाईंले संसारको एउटा कुनामा बसेर अर्को कुनाको काम गर्न सक्ने अबस्था छ। त्यसैले कोही नेपालमा छैन भनेर उ हरायो भनेर बुझ्नु पर्छ जस्तो लाग्दैन। तर हामी के गर्न चाहन्छौ त देशको लागि? आफ्नो मातृभूमीको लागि? यो प्रश्नको जबाफले चाँही खोज्छ, मान्छे स्वदेश छ वा परदेशको भुमीमा। म ढिला नगरि आफ्नो देश फर्कने योजनामा छु। केही सिकौ, केही अनुभब बटुलौ अनी देश फर्केर काम गर्दा झन फराकिलो सोच, ज्ञान अनी अनुभब सहित देशको सेवा गर्न सकिन्छ भन्ने लगेर बिदेस हिंडेको पनि धेरै भयो। यतिलामो समय बिदेस बस्छु भन्ने सोचेकै थिइन। तर यो भैसक्यो। अब चाँही कम्प्रमाइज नगर्ने गरी योजनाहरु बनाउदै छु। देश ढिला नगरि फर्कने हो। मैले धेरै बहिर रहनु भएका साथीभाइहरु स्वदेश फर्कने मनस्थितीमा पाएको पनि छु। अब अरुको कुरा मैले गर्नेकुरा भएन, म चाँही आफ्ना चाहना र सपनाहरु नेपालमै छोडेर गएको हुनाले त्यही सपनाहरु सँग जोडीनको लागि चाडै नै नेपाल फर्कन्छु। तपाईंहरुको साथ र माया सधैं रहिरहोस्। अगी भन्दै हुनुहुन्थ्यो कि साथ रहन्छ – राम्रो गर्ने हामी हौ वा अरु कोही, साथ दिनै पर्छ।

. के राजनीति गर्ने सोचमा हुनुहुन्छ?

मेरो राजनीति सँग गहिरो कनेक्सन पक्कै छ। अहिले बहिर रहदा पनि मेरो अधिकाम्स समय दुनियाभरको राजिनितिक ब्यबस्थाहरु, नेत्रित्वहरु, राज्यहरुको बारेमा अध्ययन गरेर जाने गर्छ। निकै टाउको दु:खाउने गर्छु नेपालको फिक्का राजनीति देखेर। किनकी हामीले जे डिजर्भ गर्छौ नि, त्यो बाटोमा हाम्रो राजनीति देखिदैन। त्यसैले भएन, अरुले गरेन, अरुले सकेन भनेर मात्र बसेर त हाम्रो भूमिका पूर्ण हुँदैन नि। आँफैले कम्मरकस्नु  पर्नसक्छ। राजनीति कसैको चाहनाले मात्र हुने चिज पनि होइन फेरी, त्यसैले हेर्दै जाऔ।

. पहिला राजनीति गर्नुहुन्थ्यो हैन?

हो – कलीलै उमेर देखी परिवर्तन खोज्ने मेरो बानी। त्यसैले पुल्चोक ईन्जिनियरिङ जोइन गरेपछी मैले विद्यार्थी राजनीति गरे र कारीब १४ बर्ष कुनै न कुनै हिसाबले राजनीतिक सङ्ठनमा जोडीएर बसे। समाजमा ठुलो प्रभाब छोड्ने ठाउँ भनेको राजनीति नै हो, यो राम्रो भयो – समाज छोटो समायामा नै  तरङित हुन्छ – अहिले हेर्नुस् त पाकिस्तानका प्रधानमन्त्रीले कसरी देश चलाएका छन, लोभ लाग्दो छ। राजनीति गर्नेहरुमा केही गरौ भन्ने प्रतिग्या, प्रतिग्यालाई एक्जिक्युट गर्ने ल्याकत र इामन्दरिता अनिबार्य हुनुपर्छ । नेपालको राजनीतिले केही अपबाद बहेक त्यस्तो नेत्रित्व पाउन सकेन। राम्रो नेत्रित्व जन्माउने भनेको राम्रो राजनीतिक सस्कारले हो, हाम्रोमा त जो बढी बदमासी गर्छ, उ नेता बन्ने लाइनमा देखिन्छ। राम्रा मान्छेहरुलाई किनारा  लगाउछ हाम्रो जस्तो करप्ट राजनीतिक सस्कारले। यो कुरा सँग लड्नै पर्छ।

१०. तपाईंको अभियान छोडेर हामी पुरै राजनीतिक कुरा गर्न थाल्यौ अन्त्यमा के भन्न चाहनुहुन्छ?

सबैलाई आउँदै गरेका चाडपर्बहरुको शुभकामना भन्न चाहन्छु। हामीले सुरु गरेको अभियानमा तपाईं मन – बचन र कर्म देखिनै जोडीन सक्नुहुनेछ। हामीले हातेमालो गरेर समाजलाई थप बस्न लाएक बनाउनु छ। हामी हरेक नेपालीले समाज प्रतिको दाहित्व बोध गर्न सक्यौ भने आज  हामीले समस्या भनेका वा देखेका कयौ बिषय हाम्रै पहलमा समाधान हुन सक्छन। त्यसैले सकारात्मक सोच र कल्याणकारी कर्मका लागि युबापुस्तालाई अनुरोध गर्न चाहन्छु। मलाई आफ्ना कुराहरु राख्ने अबसर दिनुभएकोमा तपाईं र तपाईंको मेडियालाई धेरै धेरै ध्यानबाद!