रेडक्रसकर्मी वर्मा र शर्माको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

814 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले शनिवार कार्यालय परिसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका पूर्व उपसभापति सीताराम वर्मा र रेडक्रस केन्द्रिय समितिका संस्थापक एवम पूर्व अध्यक्ष रमेशकुमार शर्माको निधनप्रति दुःख व्यक्त गर्दै रेडक्रस जिल्ला शाखाले संयुक्त रुपमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको हो ।

रेडक्रसका केन्द्रिय कोषाध्यक्ष सीताराम कोइरालाको उपस्थितिमा सम्पन्न भएको श्रद्धाञ्जली कार्यक्रममा जिल्ला शाखाका सभापति नारायण तिमिल्सिनाका साथै पदाधिकारी र जिल्ला कार्य समितिका सदस्यहरुहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा दुर्व जनाको तस्बिरमा माल्यापर्ण गरि पुष्पगुच्छा चढाएर एक मिनेट मौन धारण गरिएको थियो । स्वर्गिय वर्मा र शर्माले नेपालको रेडक्रस आन्दोलनमा पु¥याउनु भएको योगदानका बिषयमा रेडक्रसका केन्द्रिय कोषाध्यक्ष कोइरालाले चर्चा गर्नु भएको थियो ।

धादिङ रेडक्रसका पुर्व उपसभापति वर्माको कात्तिक २१ गते र पूर्व केन्द्रिय अध्यक्ष शर्माको मंसिर २ गते  निधन भएको थियो ।