धादिङका गोकर्णमणी दुवाडी सचिवमा बढुवा

1276 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सरकारले  गोकर्णमणी दुवाडी सहित तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरु  दुवाडी, डा.योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो ।

प्रशासनतर्फ गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस गरिएकोमा पहिलो नम्बरका दुवाडी बढुवा हुनु भएको हो । दुवाडीलाई यस अघि पाँच पटक सम्म सचिवमा सिफारिस गरिएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

कृषि र इन्जिनियरिङतर्फ ज्येष्ठताका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ज्येष्ठ सहसचिव डा. योगेन्द्र कुमार कार्की र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ज्येष्ठ सहसचिव सुरेश आचार्यलाई नेपाल सरकारले सचिवमा सिफारिस गरेको हो ।

सचिवमा बढुवा हुनु भएका दुवाडी ०३२ सालमा धादिङको मुरलीभन्ज्याङ ज्यामिरेमा जन्मनु भएको हो । उहाँ २०५९ सालमा अधिकृत, ०६७ मा उपसचिव र त्यही साल सहसचिव नाम निकाल्नु भएको थियो ।

संघीय सरकारको गृह मन्त्रालय,वातावरण मन्त्रालय, भूमि मन्त्रालय,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सह सचिव, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह हुँदै पछिल्लो समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रवक्ताका रुपमा दुवाडीले काम गरिसक्नु भएको छ ।