सिस्नेखोला नागढुंगा सुरुङ मार्ग औपचारिक रुपमा निर्माण सुरू

1330 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको  सिस्नेखोला नागढुंगा सुरुङ मार्ग औपचारिक रुपमा निर्माण सुरू भएको छ । मंगलबार काठमाण्डौंतर्फबाट सुरूङ खन्ने काम सुरू गरिएको हो ।

नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार मुग्लिन–नौबिसे काठमाडौं सडक खण्डमा सुरुङ निर्माण गरेर उक्त सडकमा बढ्दै गएको सवारी चाप कम गर्न बैकल्पिक सडक नाका बनाउने उद्देश्यले सुरुङमार्ग निर्माण सुरू भएको हो।

निर्माणाधिन सुरुङ मार्गको कुल लम्बाइ २.३८ किलोमिटर छ । यसमा ३.५ मिटर चौडाइका दुई लेन हुनेछन् । सुरुङ मार्ग प्रवेश गर्ने धादिङ तर्फको खण्डमा माटो खन्ने, पर्खाल लगाउने, सडक चौडापार्ने,खाडल पुर्ने लगायत काम भइरहेको छ।

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागले २०६९ साल माघदेखि २०७२ सालसम्ममा विभिन्न चरणको सर्वेक्षणको आधारमा सुरुङ मार्ग निर्माण आयोजना प्रस्ताव गरेको थियो।

प्रस्तावित सुरुङमार्ग निर्माण भएपछि नागढुंगा भञ्ज्याङको सडकको अवस्था सुधारिने र देशका अन्य स्थानहरूसँग यातायत सम्पर्क भरपर्दो हुने र यात्रा सुरक्षित हुने अपेक्षा गरिएको छ।

सन् २०२३ अप्रिलसम्म निर्माण कार्य सकिसक्नुपर्ने गरी कामको जिम्मा जापानको ठेकेदार कम्पनी हाजमा एन्डो करपोरेसनलाई दिइएको छ।

प्रस्तावित नागढुंगा सुरुङ मार्गको निर्माणका निम्ति नेपाल सरकार र जापान सरकारको बीच चार वर्षअघि नै ऋण सम्झौता भइसकेको छ।

  • सेतोपाटीबाट