फोस्टारमा पक्की पुल बन्यो तर मोटर गुड्ने सडक छैन

1810 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-सडक निर्माण कताबाट गर्ने टुंगो नलगाई पुल निर्माण गर्दा सडक बनाउने विषयमा विवाद भएको छ । तोकिएको समयभन्दा ३० महिनापछि पुलको स्याप ढालान सकिएको भए पनि जग्गा विवादका कारण सडक बनाउने विषयमा टुंगो लागेको छैन । जिल्ला सदरमुकाम धादिङबेंसी हुँदै पुरानो सदरमुकाम सुनौलाबजार फोस्रेटार सडक खण्डको फोस्रेटार केउरेनी जोड्ने त्रिशूली नदीको पुल ३० महिनाअघि निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

३० महिनापछि स्याप ढलान भए पनि अझ निकै काम गर्न बाँकी छ पुल सम्पन्न हुन । यो पुलले धादिङ जिल्लाको गल्छी गाउँपालिका र नुवाकोट जिल्लाको बेलकोटगढी जोड्छ । तर, ती दुई पालिकाले भन्दा बढी सुविधा धादिङतर्फको नीलकण्ठ र नुवाोटतर्फको तारकेश्वर गाउँपालिकाले पाउनेछ । धादिबेंसीदेखि गल्छीचोकसम्म ३६ किलोमिटरमा रहेको सडकको स्तरोउनन्तिको काम अधिकांश पूरा भएको छ ।

केही व्यक्तीहरूको फाइदाका लागि पुलबाट सडक घुमाउन खोज्दा विवाद आएको जग्गावालाहरूको दाबी छ । पुलको सीधा सडक बनाउदा ५ सय मिटर छोटो हुने हँुदाहँुदै हाम्रो तिरबाट सडक ल्याएर हामीलाई त्यहाँबाट उठिवास लगाउन खोजेको जग्गावालाको भनाइ छ । १२ वर्षअघि साढे दुई आना जग्गा १ लाख ४४ हजारमा किनेको छु । अहिले विकल्प हुँदाहँुदै मेरो जग्गा नै सक्ने गरी सडक बनाउन खोजेकाले जग्गा दिन्न भनेको हुँ तिलक गैरेले बताए ।

केही व्यापारीहरूको र धेरै जग्गाधनीहरूको स्वार्थ पूरा गर्न हाम्रो तिरबाट सडक बनाउन खोजेका हुन् । उनीहरूको फाइदाका लागि म किन सकिनु । मलाई ती फाइदा चाहनेहरूले जग्गा सट्टा दिए हुन्छ नि गैरेले बताए । पुलको डीपीआर बनाउँदा हामीलाई जानकारी नदिई हामी तीन जनालाई उठिवास लगाउन खोजेकाले हामीले अवरोध गरेका हौं । पुलको मेखमा एक रोपनी जति जग्गा परिसकेको छ । त्यसको विषयमा मैले विवाद गरिन मैले दुःख गरेर कमाएको पैसाबाट किनेको जग्गा किन अरुको निच स्वार्थका लागि दिनु । पुलबाट सीधा सडक बनाउँदा राज्यो ती करोडभन्दा बढी खर्च कम हुन्छ । यात्रुलाई दूरी छोटो हन्छ बासु खतिवडाले बताए । यो डीपीआर गरेको सडकमा मनोज विसुन्केको पनि चार आना जग्गा पर्छ । हामीलाई उठिवास लगाउन पाइन्न । हामीलाई जग्गा सट्टा वा चलनचल्तीको मुअब्जा दिनुपर्छ भनेका हौं । यो विवाद सडक बनाउन होइन । निच स्वार्थकाबाट पछि हट्न नसक्नेहरूसँग भएको खतिवडाले बताए ।

सडकको डीपीआर बनाउँदा प्रारम्भिक वातावरणीय परीक्षण गर्दा किटान भएको भएर त्यताबाट सडक बनाउन परेको हो । विवाद लम्बिरहे प्रहरी प्रशासन लगाएर भए पनि सडक बनाउनुपर्ने डिभिजन सडक विभाग भरतपुरका इन्जिनियर कृष्णबहादुर खड्काले बताए । पुल निर्माण तोकिएको समयमा नसक्नुको कारण भूकम्प, नाकाबन्दी र कोभिड–१९ भएको बताए । त्रिशूली नदीमाथि १९२ मिटर लामो प्रिस्ट्रेस (आरसीसी) पुल निर्माण गर्न २०७१ असार ३१ गते सपना, हिम्डुङ एण्ड थोकर र नार्गजुन कन्स्ट्रक्सन जेभिले १५ करोड ११ लाख ३५ हजार ५ सय ६४ रुपयाँमा सम्झौता गरेको थियो । निर्माण कम्पनीले तीन वर्षभित्र २०७४ असार ३० सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि नसकेका कारण पटक–पटक म्याद थप गर्दै २०७७ चैत मसान्तसम्म पु¥याएको छ ।

यो पुल सम्पन्न भएका र सडक कालोपत्र गरेमा गोरखा उत्तरी धादिङ र नुवाकोटको तारकेश्वर र बेलकोटगढीका मानिसहरू गल्छी हुँदै लामिडाँडाको डाँडाडाँडै सीतापाइला निस्कन सक्ने छन् कारोवार डेली डट कममा राजेन्द्र बस्नेतले समाचार लेख्नु भएको छ ।