प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूको अर्को सुनुवाइ बुधबार

1510 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको अर्को सुनुवाइ बुधबार हुने गरी स्थगित भएको छ । बुधबारको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो ।

आउने बुधबार संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनेछ। सोही दिनको इजलासले नै वृहत पूर्ण इजलासमा मुद्दा पठाउने कि आफैं सुनुवाइ गर्ने भन्नेबारे निर्णय गर्ने छ।

बुधवारको सुनुवाइमा प्रतिनिधि सभा विघटनबारे राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको लिखित जवाफ सुनाइएको थियो।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए । न्यायाधीश कार्कीले आफू यो मुद्दाको इजलासमा नबस्ने निर्णय गरेका छन्।