धादिङका १० जना सहित देशभर ४१२ जनामा कोरोना संक्रमण

1010 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, पुस २३ । पछिल्लो २४ घण्टामा धादिङ जिल्लाका १० जना सहित नेपालमा ४१२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन्न । विहिवार ५ हजार १३२ जनाको पिसिआर परीक्षण गरिएपछि नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २९२ पुगेको छ।

बिहीवार देशभर थप ४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या १ हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन् । गएको २४ घण्टामा ४८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अभिलेख अनुसार विहीवार प्रदेश १ को झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५ र सुनसरीमा जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा ५, पर्सामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ९८ जनामा कोरोना पुष्टि भएको छ।
काभ्रेमा ७, चितवनमा ८, धादिङमा १०, नुवाकोटमा २, भक्तपुरमा २५, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा २८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेशको कास्कीमा २५, गोरखामा २, नवलपरासी पूर्वमा २, लमजुङमा १, बागलुङमा ४ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ । धादिङका १० जनामा जिल्लाबाट परिक्षण भएका २ र जिल्ला वाहिर रहेका ८ जना रहेका छन् ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा ३, बर्दियामा २, बाँकेमा ४, रोल्पामा ३ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेशको दोलखामा मात्र ६ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको पनि हुम्लामा मात्र १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्क अनुसार धादिङ जिल्लामा अहिले सम्म ६३३८ जना संक्रमित भेटिएकामा ति सबैको परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये जिल्ला भित्र ९१५ जनामा पोजेटिभ देखिएको छ । यसै गरि जिल्ला वाहिर परिक्षण गरिएका ६०६ जनामा पोजेटिभ देखिएको छ ।
जिल्लामा परिक्षण गरिएका मध्ये ५४२३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १६ जना अहिले सक्रिय विरामी रहेका छन् । जिल्लाका विभिन्न स्वास्थ्य संस्था र होम आईशोलेनिमा बसेर उपचार गराएका मध्ये १४८८ जना डिस्चार्ज भएका छन । विहिवार जिल्लाको परिक्षणबाट गल्छी गाउँपालिकामा ५४ र ४६ बर्षिया दुई महिलामा रिपोर्ट पोजेटिभ देखिएको छ । अन्य ८ जना भने जिल्ला वाहिर रहेका छन ।
धादिङमा अहिलेसम्म कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भईसकेको छ ।