धादिङ संचार सहकारी संस्थाको तेश्रो अधिबेशन सम्पन्न

1272 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ संचार सहकारी संस्थाको तेश्रो अधिबेशन तथा नवौं साधारणसभा शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ । अधिबेशनले आगामी चार बर्षका लागि पोषनाथ अधिकारीको अध्यक्षतामा ११ सदस्यिय संचालक समितिको चयन गरेको छ ।

संस्थाको उपाध्यक्षहरुमा मुरारी अधिकारी र गोकर्ण दुवाडी , महासचिवमा केशव अधिकारी, सचिवमा कृष्णप्रसाद ढकाल र कोषाध्यक्षमा बद्री अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा निरमाया गुरुङ, सरिता श्रेष्ठ, सिर्जना खनाल, रामवहादुर ठकुरी (आशिष), सुदिप कोईराला र दोलख गुरुङ चयन भएका छन् ।

सभाले अर्जुन खतिवडाको संयोजकत्वमा अर्जुनकुमार श्रेष्ठ र मनिष दुवाडी सदस्य रहेको लेखा समिति, सुदिप कोइरालाको संयोजकत्वमा शंकर श्रेष्ठ र दोलख गुरुङ सदस्य रहेको ऋण उप समिति, सीताराम अधिकारीको संयोजकत्वमा शिवराज आचार्य र अनिता शाक्य सदस्य रहेको शिक्षा उप समितिको पनि गठन गरेको छ ।

पत्रकारहरु मात्र सदस्य रहेको यस सहकारीमा ६० जना शेयर सदस्य रहेका छन भने ६ लाख ५३ हजार बचत रहेको छ । संस्थाले सदस्यहरुलाई अधिकतम ५० हजार रुपैयाँ सम्म ऋण लगानी गर्दै आईरहेको छ । साधारण सभा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्टको प्रमुख आतिथ्य र सचिव रामप्रसाद दहालको आतिथ्यमा सम्पन्न भएको हो ।