नेपाल पत्रकार महासंघ धादिङको २२ औं साधारणसभा सम्पन्न

1454 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- नेपाल पत्रकार महासंघ धादिङको २२ औं साधारणसभा शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ । महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्ट रहनु भएको थियो ।

साधारण सभालाई महासंघका केन्द्रिय सचिव रामप्रसाद दहाल, वागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिष्ट्रार रेवतीप्रुाद सापकोटा,सामुदायिक रेडियो प्रसारक संघ ( एकोराव)का अध्यक्ष सु्वाष खतिवडा, महांसंघका केन्द्रिय सदस्य हरिहरसिंह राठौर, महासंघ वागमती प्रदेश समितिका महासचिव कृष्ण सारु, महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सिना, प्रेस संगठन नेपालका केन्द्रिय अनुशासन आयोगका सह संयोजक केशव अधिकारी र प्रेस युनियनका केन्द्रिय सदस्य मुरारी अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साधारण सभाले महासंघले गरेका गत बर्ष गरेका कामहरुको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।साधारण सभाका अतिथि र सहभागीहरुलाई पोषनाथ अधिकारीले मन्तव्य वाट स्वागत गर्नु भएको थियो भने साधारण सभाको समापन उपाध्यक्ष गायत्री खतिवडाले गर्नु भएको थियो ।