धादिङका ५ जना पत्रकार पुरस्कृत

977 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङ जिल्लामा रहेर पत्रकारिता गरिरहेका ५ जना पत्रकारहरु शुक्रबार धादिङबेसीमा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ धादिङ शाखाको २२ औं साधारण सभाको अवसर पारेर पत्रकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

महासंघका संस्थापक सभापति सिताराम प्रसाद बर्माको स्मृतिमा स्थापना गरिएको सीताराम वर्मा स्मृती स्वास्थ्य पत्रकारिता पुरस्कार पहिलो पटक अग्रज पत्रकार राजेन्द्रप्रताप शाहलाई प्रदान गरिएको छ ।

शाह विगत ३ दशक देखि निरन्तर पत्रकारितामा सक्रिय रहँदै आउनु भएको छ । महासंघ जिल्ला शाखाका संस्थापक सचिव समेत रहनु भएका शाहले पुरस्कार ग्रहण गर्दै सीताराम वर्माको योगदान र उहाँको सपना साकार पार्न पत्रकारहरुलाई आग्रह गर्नु भएको थियो । पत्रकार शाहलाई १५ हजार नगद सम्मान पत्रको साथमा पुरस्कार प्रदान गरिएको थियो ।

 

यसै गरि १० हजार नगद राशी रहेको बिकास पत्रकारिता पुरस्कार २०७६ र २०७७ बाट दुई जना पत्रकार पुरस्कृत भएका छन । उक्त पुरस्कार २०७६ का लागि अन्नपूर्ण पोष्टका समाचारदाता मनिश दुवाडी, र २०७७ का लागि नागरिक दैनिक समाचारदाता सरिता श्रेष्ठलाई प्रदान गरिएको छ  ।

शालिग्राम बर्मा स्मृती पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता पोषनाथ अधिकारी र रेडियो धादिङका स्टेशनम्यानेजर राजाराम शर्मालाई प्रदान गरिएको छ । उहाँहरुलाई नगद ५ हजार सहित सम्मानपत्रको साथमा पुरस्कृत गरिएको हो । महासंघ धादिङका संस्थापक वर्माको स्मृतिमा उहाँको परिवारले उक्त पुरस्कारको स्थापना गरेका हुन । सो पुरस्कार पाएका दुवैजना पत्रकारले आफुले पाएको रकम सस्थापक अध्यक्ष स्वर्गिय सिताराम प्रसाद वर्माको शालिक निर्माणको लागि महासंघलाई सहयोग गर्ने घोषणा गरेका थिए । पुरस्कृत सबैलाई महासंघका केन्द्रिय महासचिव रमेश बिष्ट, सचिव रामप्रसाद दहाल लगायतका अतितिथहरुले सामूहिक रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।