प्याब्सन धादिङको अध्यक्षमा विनोदमान श्रेष्ठ चयन

974 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ २५ पुस  । निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन (प्याब्सन )धादिङको अध्यक्षमा विनोदमान श्रेष्ठ चयन हुनुभएको छ । अध्यक्षमा चयन हुनु भएका श्रेष्ठ सदरमुकाम धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासिय माध्यमिक बिद्यालयको संस्थापक हुनुहुन्छ ।

शुक्रवार धादिङबेसी स्थित प्याव्सन कार्यालयमा सम्पन्न विशेष भेलाले श्रेष्ठको अध्यक्षतामा बनेको कार्य समितिमा  शान्तिदीप एकेडेमीका दिनेश भट्ट उपाध्यक्ष, राइजिङ स्टार ईङ्गलिस बोर्डिङ स्कुलका टीका थपलिया सचिव, ब्लुमिङ लोटस ईङ्गलिस बोर्डिङ स्कुलका सञ्जीव गजुरेल सह सचिव, सुनगाभा एकेडेमीका रामहरि अधिकारी कोषाध्यक्ष र चाइल्डकेयर ईङ्गलिस बोर्डिङ स्कुलका संगिता श्रेष्ठलाई सह कोषाध्यक्ष चयन गरेको छ ।

भेलाले कार्य समिति सदस्यहरुमा रामसुन्दर पाण्डे जगदम्बा ईङ्गलिस बोर्डिङ स्कुल, कल्पना सिलवाल ब्राइट फ्युचर ईङ्गलिस बोर्डिङ स्कुल, ललिता पाठक त्रिपुरेश्वर ईङ्गलिस बोर्डिङ स्कुल, भिमबहादुर श्रेष्ठ एड्भान्स एकेडेमी, सुजन थापा बाल ज्योति एकेडेमीलाई चयन गरेको छ ।

प्याव्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी काम बिशेषले विदेश रहेका कारण संस्थाको दैनिक कार्यसञ्चालन तथा सांगठनिक गतिविधि अघि बढाउन बिशेष भेलाले नयाँ कार्य समितिको चयन गरेको हो ।