माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

1064 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माघे संंक्रान्तिका दिनलाई नेपालका विभिन्न जाती र समुदायले फरक फरक ढंगबाट पर्वका रुपमा मनाउने गर्दछन । माघी,मकर संक्रान्ति भनेर पनि यस दिनलाई चिनिन्छ ।

तराईका थारु र पहाडका मगर समुदायले माघे संक्रान्तिका दिनलाई बिशेष पर्वका रुपमा मनाउने गर्दछन । त्यसै गरी अन्य हिन्दु समुदायले पनि यस दिन पवित्र नदी एवम त्रिवेणीमा स्नान,जप,तप,ध्यान र दान गरी घिउ, चाकु, तरुल एवम खिचडी खाएर माघे संक्रान्ति मनाउने चलन रहेको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ ।