धादिङबेसीको दुर्घटनामा घाईते शंकर अधिकारीको मृत्यु

4272 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – शनिवार बेलुकी धादिङबेसी बिचवजारमा भएको दुर्घटनामा परि गम्भिर घाईते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई सदरमुकाम धादिङबेसीमा व्यवसाय गर्दै आएका ४० बर्ष का शकर अधिकारी रहेका छन । केही समय अघि सम्म पुछार वजारमा जलेश्वरी गेष्ट हाउस सञ्चालन गर्दै आएका अधिकारी पछिल्लो समय इलेक्ट्रोनिक्स सामानहरुको व्यापारमा संलग्न रहेका थिए ।

शनिवार सांझ ७ वजे तिर धादिङबेसी बिचवजारमा अधिकारी चढेको मोटरसाईकल टिफरमा ठोक्किएपछि उनि घाईते भएका थिए । गम्भिर घाईते भएका अधिकारीलाई धादिङ अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि शनिवार रातीनै थापाथली स्थित नर्भिक अस्पताल लगिएकोमा उपचार शुरु भएको केही बेरमा अपतालले उनको मृत्यु भएको घोषणा गरेको थियो ।