प्रेस सङ्गठन नेपालको दोश्रो राष्ट्रिय भेला माघ ८ गते काठमाडौँमा हुने

1015 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ५ माघ – प्रेस सङ्गठन नेपालको दोश्रो राष्ट्रिय भेला हुने भएको छ । सोमबार काठमाण्डौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

सङ्गठनका केन्द्रीय सह संयोजक गणेश बस्नेतका अध्यक्षतामा सम्पन्न भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै सदस्य पत्रकारलाई एकताबद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ भेलाको आयोजना गरेको जनाएको छ । भेलामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहनेछट भने पार्टीका अन्य शीर्ष नेताको विशेष आतिथ्यता रहने सहसंयोजक बस्नेतले धादिङ न्यूजलाई जानकारी दिनुभयो ।

केन्द्रिय कमिटीको बैठक पछि सह संयोजक बस्नेतले प्रेस विज्ञप्ति जारी गरी भेलामा सङ्गठनका अगुवा पत्रकार, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी,सदस्य, केन्द्रिय समितिका पूर्व पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, सङ्गठनबाट नेपाल पत्रकार महासङ्घमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व पदाधिकारी, जिल्ला(प्रतिष्ठान र एसोसिएट शाखाका संयोजक(सहसंयोजक सहभागी हुने जानकारी दिनुभएको छ । बैठकले सङ्गठनको एकताप्रति प्रतिबद्ध रही फुट र गुटबन्दीमा नलाग्न देशभरका सम्पूर्ण सदस्यलाई अपिल गरेको छ ।