नेकपा फुटेपनि सुकुम्बासीलाई लालपुर्जा वितरण कार्य रोकिंदैन – अध्यक्ष ज्ञवाली

920 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन । भूमी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले नेकपा फुटेपनि सुकुमबासीलाई लालपुर्जा वितरणको काम भने नरोकिने बताउनु भएको छ ।

चितवनको कालिका नगरपालिकाको गैरीबारीमा मंगलबार ओलि पक्षिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सो पार्टीको राष्ट्रिय युवा संघले आयोजना गरेको राजनैतिक कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष ज्ञवालीले सुकुमबासी भूमिहीनलाई लालपुर्जा वितरणको काम अगाडि बढिसकेकोले अब त्यो काम नरोकिने बताउनु भएको छ ।

 

नेकपा फुटेपछि सुकुमबासीलाई लालपुर्जा वितरणको काम रोकिन्छ भनेर जनतामा भ्रम फैलाउने काम भइरहेको भन्दै उहाँले पार्टी फुटे पनि लालपूर्जा वितरणको काम नरोकिने स्पष्ट पार्नु भएको हो ।

 

सरकारले भूमि सम्बन्धी ऐन २०२१ को आठौँ संशोधन गरेर आयोगलाई कानुनले चिन्न सक्ने बनाएको बताउँदै आयोगका अध्यक्ष ज्ञवालीले नियमावलीको १८ औँ संशोधनका आधारमा नौ वटा कार्यविधि तयार पारिएको जानकारी दिनुभयो । सम्वन्धित पालिकासँग कार्य सम्पादन मूल्याकंन गरेर पहिलो चरणमा आगामी असार सम्ममा धनिपुर्जा उपलब्ध गराई सक्ने लक्ष्य राखिएको को अध्यक्ष ज्ञवालीको भनाई छ ।

 

देशभरका ७५३ स्थानीय तहमध्ये ४५० वटा स्थानीय तहमा सुकुमबासी र भूमिहीनलाई लालपूर्जा वितरणको प्रक्रिया सुरु भइसकेको उहाँले वताउनु भयो ।