धादिङ लगायत देशका अधिकांश स्थानको मौसममा बदली

835 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – माघ महिना सकिनै लाग्दा पनि पानी नपरेपछि यो बर्षको जाडो पानी नपरि सकिने हो कि भन्ने परिरहेको बेला शुक्रबार बिहानै बाट देशभरको मौसममा आंशिक देखि सामान्य बदली देखिएको छ ।धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका साथै अन्य स्थानमा पनि विहानै देखि मौसम बदलिको असर देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

शुक्रबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा शुक्रबार राति हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बागमती प्रदेशमा आंशिक बदली रहेको छ। मौसमी बदलीको असर घाम लागेको छैन भने चिसो पनि ह्वात्तै बढेको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्ने गर्दछ । यस जाडो मौसम शुरु भएपछि पानी परेको छैन ।

हिउँदयाममा पानी नपर्दा गहुँ, तोरी, फापर लगायत हिउँदे खेती बालीमा सुख्खा लाग्ने गर्दछ ।